IME Life New

कोरोना बीमा पोलिसी स्थगित गर्ने सहमति, निर्णय हुँदै

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समिति र नेपाल बीमक संघबीचमा भएको छलफल पश्चात कोरोना बीमा स्थगित गर्ने सहमति भएको छ । स्रोतका अनुसार बीमा समितिले भोलि शुक्रबार देखि कोरोना बीमा पोलिसी स्थगित गर्ने सहमति दुई पक्षका बीचमा भएको छ ।

बीमा समिति र नेपाल बीमक संघबीच भएको छलफल पश्चात कोरोना बीमा भोलिबाटै स्थगित गर्ने सहमति भएपनि बीमा समितिले औपचारिक निर्णय भने गरिसकेको छैन । बीमक संघल लिखित पत्र नै बीमा समितिलाई बुझाएपछि बीमा समितिले स्थगित गर्न बाध्य भएको बीमक संघका एक सदस्यले बताए । बीमक संघको हिजो बसेको बैठकले कोभिड–१९ बीमा पोलिसी स्थगित गर्ने सर्वसम्मत निर्णय गरेको थियो ।

Crest

बीमा समितिले सो सम्बन्धमा कुनै प्रतिक्रिया जनाउन चाहेको छैन । यद्यपि छलफल भने भइरहेको जनाएको छ । बीमा समितिले पर्याप्त अनुसन्धान तथा जोखिम विश्लेषण नगरी अघि बढाएको कारण एक महिनामै कोरोना बीमा पोलिसी स्थगित गर्ने अवस्थामा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS