IME Life New

सिटिजन लाइफका बीमितहरुले आफ्नो विवरण आफै हेर्न मिल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं।  ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा पु¥याउन नवीनतम योजनाहरु ल्याउन सदैव अग्रणी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लकडाउनको अहिलेको परिस्थितिमा बीमितहरुले सहजरुपमा बिना कुनै झन्झट घर बसेरै सिटिजन लाइफको मोबाइल एप मार्फत आफ्नो विवरण आफै हेर्न सकिने सेवा (User Portal) को शुभारम्भ गरेको छ ।

सिटिजन लाइफको एप सजिलै प्ले स्टोर (Play Store) बाट डाउनलोड गर्न सकिन्छ । त्यहाँ बाट लग इन (Log In) मा गएर पोलिसी होल्डर छनौट गरी आफ्नो पोलिसी नम्बर र पासवर्ड राखेर आफ्नो सम्पूर्ण विवरण हेर्न सकिनेछ । यस एप मार्फत बीमितले लिएको बीमा योजना, कुल बीमाङ्क रकम, आफुले अहिले सम्म तिरेको बीमा शुल्कको विवरण साथै भविष्यमा कहिले र कति नवीकरण शुल्क तिर्नपर्छ भन्ने कुराको सम्पूर्ण जानकारी लिन सकिन्छ ।

Esewa
Crest

बीमा योजना खरिद गरिसकेपछि आफ्नो विवरण बुझ्न बारम्बार आफ्नो अभिकर्ता वा कम्पनीसँग सोधिराख्नु पर्ने झन्झट यस सुविधाको शुभारम्भ सँगै समाप्त भएको छ । साथ साथै सिटिजन लाइफको यस एपमा बीमा शुल्क सहितको प्रिमियम शुल्क गणना गर्ने प्रिमियम क्यालकुलेटर सुविधा, कम्पनीको सम्पूर्ण योजनाहरुको बारे विस्तृत जानकारी, Agent Portal र कम्पनीको सबै शाखा कार्यालयहरुको विवरण पनि उपलब्ध छ ।

यसका साथै कम्पनीले ग्राहकहरुको सुविधालाई मध्य नजर गरी सदैब आधुनिक तथा नवीनतम प्रविधिलाई ग्राहकको सेवामा ल्याउने योजना अनुसार अहिलेको यस परिस्थितिमा, घरमै बसेर e-Sewa, Fonepay, Connect IPS लगायतका डिजिटल बैङ्किङ्ग सुविधा मार्फत बीमा शुल्क तिर्न सकिने कम्पनीले जनाएको  छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS