IME Life New

वित्तीय संस्था कर्मचारी संघ युवा समितिद्वारा ८२ मजदुरलाई खाद्यान्न सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियान) अन्तर्गतको युवा समितिले कोभिड–१९ द्वारा सृजित लकडाउनको विषम परिस्थितिमा दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने ८२ घर परिवारहरुलाई शनिबार एक कार्यक्रमका बीच खाद्य सामाग्री वितरण गरी केही सहयोग गरेको छ ।

फियन युवा समितिद्वारा लकडाउनले मारमा रहेका अनौपचारिक क्षेत्रका गलैँचा श्रमिक र निर्माण सम्बद्ध श्रमिकहरुका ४० घर परिवारलाई भक्तपुरमा सहयोग प्रदान गरेको जनाएको छ । त्यस्तै, रिक्सा ठेला श्रमिक, निर्माण सम्बद्ध र छापाखानाका श्रमिकहरुका ४२ घर परिवारलाई काठमाण्डौमा केही खाद्यान्न सामाग्री वितरण गरी सहयोग प्रदान गरिएको संघले जनाएको छ ।

Esewa
Crest

फियनका वरिष्ठ उपाध्यक्ष धर्म प्रसाद खनालले लकडाउनका कारण समस्यामा रहेका अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई दैनिक उपभोग्य बस्तुहरु सहयोग गरिएको बताए । राहत वितरण कार्यक्रममा नेपाल टे«ड युनियन काँग्रेसका केन्द्रीय सदस्य बलदेव तामाङ्ग, फियनका बरिष्ठ उपाध्यक्ष धर्म प्रसाद खनाल, नेपाल अटो रिक्सा, ईरिक्सा तथा रिक्सा ठेला सम्बद्ध श्रमिक संघका अध्यक्ष खिला बस्नेत, फियनका उपाध्यक्ष परशुराम खनाल, महासचिव हरिराज खरेल, फियन सहकारीका अध्यक्ष बासुदेव खत्रीलगायतका मजदुर सम्बद्ध नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS