IME Life New

नेको इन्स्योरेन्स २५ औं वर्षमा प्रवेश, वर्षभरि नै रजत वर्ष मनाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी यही जेठ १७ गतेबाट २५ औं वर्षमा प्रवेश गरेको छ । २०५३ साल जेठ १७ गते बीमा समितिबाट अनुमति पाई कारोबार सुरु गरेको नेको इन्स्योरेन्सले २४ औं वसन्त पार गर्दै २५ औं वर्षमा प्रवेश गरेको हो ।
कोरोना भाइरसको महामारीका कारण नेको इन्स्योरेन्सले रजत जयन्तीको अवसरमा औपचारिक कार्यक्रम भने आयोजना गरेको छैन । यद्यपि बीमा सम्बन्धी जनचेतना र्याली सहित कार्यक्रम आयोजना गर्न चाहेको भएपनि कोरोनाकै कारण रोकिएको सो कम्पनीले जनाएको छ ।

२५ औं वर्षमा प्रवेश गरेको वर्ष रजत वर्ष भएकोले आगामी वर्ष भरि नै विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने सो कम्पनीले जनाएको छ । कम्पनी सचिव तथा कानुन विभाग प्रमुख विष्णु धितालले भने, ‘हामी रजत वर्ष मनाउँदै छौं, यो हाम्रो र सिंगो बीमा क्षेत्रको लागि गर्वको विषय हो । वर्ष भरि नै बीमा जनचेतनामूलक विभिन्न कार्यक्रम तथा सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेर मनाउने छौं ।’

Esewa
Crest

सुरुमा प्रमोटर शेयरलगानीकर्ताको तीन करोडबाट सुरु भएको कम्पनी अहिले एक अर्ब चुक्ता पँुजि पुगिसकेको छ । २०५१ सालमा कम्पनी दर्ता गरी दुई वर्षको प्रयासपछि बीमा समितिबाट अनुमति पाएको थियो । नेको इन्स्योरेन्समा गैर आवासीय नेपाली तथा स्वदेशी व्यवसायी समुहको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS