IME Life New

कोरोना तपाईंको लागि हिराे भएर उदाउने अबसर हुन सक्छ !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

हामी अहिले निकै असहज परिस्थितिमा छौं । सरकारको नियम पनि पालना गर्नुपर्ने छ भने आफ्नो दैनिकी लाई पनि बिस्तारै सहजीकरण गर्नुपर्ने छ । यो बिश्वब्यापी रुपमा फैलिएको कोरोना कति समयसम्म रहनेहो कुनै टुंगो छैन । एउटा सानाे भाईरसले सन्सार हल्लाएकाे छ । मानबजिबन सधै जाेखिममै हुन्छ यस्तो बेलामा मानिसलाई सुरक्षित कसरी हुने भन्ने मात्रै होईन दैनिक जिबन कसरी चलाउने भन्ने समेत चिन्ता परेको हुन्छ । आखिर मानिसलाई अनावश्यक फजुल खर्च नगर्दा पनि त हुदो रहेछ । हिजो गरेका फजुल खर्च जोगाएर बचत गरेको भए आज निकै काम लाग्दो रहेछ । तर हामिले कहिल्यै सोच्दैनौ कि भोलिको दिनमा जिबन अफ्ट्यारो मोडमा पनि पुग्न सक्छ भनेर । कोरोना जस्तो बिश्व हल्लाउने रोगको त हामिले कल्पना समेत गरेका थिएनौ हो त्यसैले जिबन असहज परिस्थितिका बाबजुद पनि कसरी सहजीकरण गर्न सकिन्छ भनेर योजना बनाउनेतर्फ हामी सधैं लागिरहनु पर्ने हुन्छ ।

मानिस दुई प्रकारका हुन्छन् एकथरि मानिस सधै जाेखिम माेलेर नयाँ रणनीति तयार गरि आफ्नो उदेश्य प्राप्तिको लागी चिन्तन गरिरहेका हुन्छन् उनिहरु सधैं जित्ने तरिकाको बारेमा अनुसन्धान गरिरहन्छ्न भने अर्कोथरी मानिस सधैं बहाना बनाउने समस्या मात्रै देखाउने बैकल्पिक तरिकाहरु नअपनाउने र जिबन चल्दा सम्म चलाउने खालका हुन्छन् । सजिलोमा काम गर्न सबैले सक्छन् तर त्यो मान्छे मात्रै उत्कृष्ट र अब्बल ठहरिन्छ जसले असहज र कठिन परिस्थितिमा जादुमय किसिमबाट राम्रो परिणाम दिन सक्छन । अहिलेको अबस्था पनि ठिक त्यस्तै हो । बिमा कम्पनीमा काम गर्ने कर्मचारी र अभिकर्ताहरूको लागी त यो समय भनेको चुनौती र अबसर दुबै हो ।

Esewa
Crest

असहज मानीएकाे यस्तो अबस्थामा सुरक्षित तरिका अपनाउदै जादुमय रिजल्ट दिन सक्ने ब्यक्ति एकाएक हिराे भएर उदाउने निस्चित छ । यो बेलामा हामी ब्यक्ति ब्यक्तिको घर घरमा पुग्न त सक्दैनौ तर पनि अहिले संचार जगतले गर्दा हामी प्रबिधिको प्रयोग गरेर सबैकाम सहजै गर्न सक्छौ । यो बेलामा घरमै लुकेर बस्ने होईन सुरक्षित हुदै धेरै भन्दा धेरै जनसम्पर्क बढाउने हो । ईन्टरनेट ,फोन , SMS ,ZOOM आदिकाे माध्यमबाट कार्य सम्पन्न गर्न सकिन्छ । मानिसले निरन्तर सफलताको आशा गर्नु, विश्वाश गर्नु, सफलताको सपना सधैं देख्नु पर्दछ ।

सफलताको बाटोमा शुरुमा असफलता हात पर्न सक्छ तर असफलता सँग कहिले पनि निराश हुनु हुँदैन । असफलतालाई आफ्नो मन बाटै निकाली फेरी नयाँ उत्साह उमङग र साहस लिएर काममा लाग्नुस सफलता तपाईंको सामु आएरै छोड्छ । यो बेला कुनै नयाँ काम थालनी गर्ने होइन गरिएको कामलाइ नयाँ बनाउने हो यसको लागी कुनै प्रतिक्षाको आवश्यक्ता छैन, कुनै साइत जुराइ राख्नु पर्दैन ।

प्रत्येक घडी शुभ छ जब उठ्यो तब बिहान भने झै बिहान हुने प्रतिक्षा नगरौ । अल्छिपना र नैरास्यताको निन्द्रा त्यागेर आजै जागौ र आफ्नो काम शुरु गरौ । आजै निर्णय गरौ र काम शुरु गरौ , तपाईं सँग केही छैन त के भयो दृढ़ सँकल्प चाही हुनु पर्यो यो नै सबै भन्दा ठुलो सम्पत्ति हो पुँजी हो जो कहिले सकिदैन र कसैले खोस्न सक्दैन । आफ्नो यही पुँजी लगाएर तपाईं सँघर्ष शुरु गर्नुहोस् तपाईंको बाटो आँफै बन्दै जानेछ। तपाईं लगातार अगाडि बढ्दै जानु हुनेछ कुनै अभाबले तपाईंको बाटो छेक्न सक्नेछैन । अब कोरोना सग डराउने हाेईन यसै सग घुलमेल हुने हाे उठ्नुहोस् , अहिले नै आफ्नो केही लक्ष्य बनाउनुहोस् ।

आफ्नो हात अगाडि बढाउनुहोस् ,सबै मिल्नेछ । कुनै सोच बिचार को आवश्यकता छैन समय तपाईंको साथ छ र सफलताकाे बिजयमाला लिएर तपाईंको प्रतिक्षा गरिरहेछ । याे समय तपाईंको जीवन परिवर्तन गर्न आएकाे छ ।त्यैसैले नडराउनुस कोरोना तपाईंको लागि अबसर भएर आएको पनि हुनसक्छ ।

गौतम सुर्या लाइफ इन्स्योरेन्सका सहायक महाप्रबन्धक हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS