IME Life New

भड्किलो तिज मनाउनु भन्दा स्वास्थ्य बीमा गरौं-किरण गौतम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

तिजकाे दर खाने निहुमा मानिसले अाजभाेलि २ महिना आघि देखि साथीहरूसँग् रेस्टुरेन्टमा गएर हजारौं रूपैयाँ खर्च गर्ने , दैनिकजसाे पार्टी प्यालेसमा र घरमा तड्क भड्क गर्ने प्रचलन बडदै गएकाे छ । गरगहना, लत्ताकपडा र खानपिनको त प्रतिस्पर्धा जस्तै देखिन्छ जसलेगर्दा केहिदिन पछि बिरामी परे आर्थिक ब्यबस्थापनमा असजिलो हुने र अस्पतालको ढोका चाहार्नु पर्ने हुन्छ ।

बास्तबमा त्यस्तो फजुँल खर्च कम गरि भबिस्यको लागी बचत गरि स्वास्थ्य बीमा गरेमा कुनै कारणबश जटिल रोग लागि हालेमा उपचार खर्च समेत बीमा कम्पनीले दिने हुँदा आर्थिक अभाव झेल्नुपर्ने अबस्था हुदैन जसले गर्दा तपाईंको भविश्य उज्यालो हुनुका साथै तपाइँको दिगो बचतको बाटो खुल्दछ । अनि जोखिम न्युनिकरणका लागि पनि ठूलो मद्धत गर्दछ । विदेशतिर बच्चा जन्मने बित्तिकै अनिवार्य बीमा गर्नु पर्छ भन्ने धारण रहेको पाइन्छ तर नेपालमा भने न्यून आय, शिक्षाको कमी लगायत कारणले बीमाको संस्कृती नफस्टाएको पाइन्छ ।

Esewa
Crest

बीमा गर्न उमेरले छेक्दैन । बच्चा जन्मेकै दिन उसको बीमा गर्न सकिन्छ । आमा वा वुवा मध्ये एक जना संरक्षक रहेर बच्चाको बीमा गर्न सकिन्छ । एउटै रकमले अभिभावक र बच्चा दुबैको बीमा गर्न सकिन्छ । नेपालमा जीवन बीमा गर्ने १८ वटा कम्पनी छन् । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान र अरू निजी क्षेत्रका कम्पनीले यो सेवा प्रदान गर्छन् । निजी क्षेत्रका कम्पनीमा नेशनल लाइफ, नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन, मेटलाइफ एलिको, एसियन लाइफ, प्राइम लाइफ, गुराँस लाइफ र सुर्या लाइफ इन्स्योरेन्स रहेका छन् भने हालसालै मात्र ९ बटा नया कम्पनी स्थापना भइ तीब्र प्रतिस्पर्धाका साथमा बजारमा आएको अबस्था छ । कति रुपैयाँको बीमा गर्ने भन्ने स्वयं बीमितले आफ्नो आम्दानी अनुसार निर्णय लिनुपर्छ ।

बीमा गरिसके पछि प्रिमियम रकम किस्ताबन्दी तरिकाले पनि तिर्न सकिन्छ जस्तैः वार्षिक, अर्धवार्षिक वा तीनतीन महिनामा पैसा तिर्न सकिन्छ । सानो बीमाङ्कको बीमा गर्दा सानै रकम तिर्नु पर्छ भने ठुलो आकारको बीमा गर्दा ठुलै रकम तिर्नु पर्छ ।त्यसैले तपाईँको आम्दानी कति हुन्छ त्यसै अनुसार बीमा गर्न सक्नुहुन्छ। अहिले त झनै कम्पनीहरुले कम आय भएकाहरूको लागि लक्षित गरि लघु बीमा योजना ल्याएका छन । दुई लाख बीमाङ्कको बीमा गर्नु भएको छ भने विचमा कुनै दुर्घटना भए चार लाख रुपैया र पैसा तिरेको अवधि सम्मको बोनस रकम पाईन्छ ।

भवितब्य आएन भने अवधि सकिएपछि तपाईले तिरेको सबै पैसामा कम्पनीले दिने बोनस रकम जोड्दा लगभग दोब्बर रुपैयाँ फिर्ता हुन्छ । जस्तो २ लाख रुपैयाँको बीमा गर्दा अन्त्यमा झन्डै ४ लाख रुपैँया फिर्ता पाईन्छ । यसमा बीमा योजना र अबधिको कारणले केही रकम तलमाथि हुन्छ । दसैं, तिहार , होलि जन्म दिन आदिमा हुने फजुल खर्च घटाए बीमा गर्न पुग्छ मेरो मत्लब चाडपर्व नमनाउनु भन्ने चाइ हुदै होइन फजुल खर्च कम गर्नु मात्रै भनेको हो । जीवन बीमा गर्न पैसा होइन सोचाइमा परिवर्तन आबश्यक देखिन्छ । अहिले बजारमा धेरै राम्रा बीमा योजनाहरु आएका छन ।

जुनसुकै बीमा कम्पनीमा बीमा गर्दा पनि हुन्छ बीमा कम्पनी कुनै पनि नराम्रो वा खराब हुदैन तर पनि बीमा गर्दा कम्पनीको बारेमा सामान्य जानकारी लिएर बीमा गर्दा उत्तम हुन्छ । तेसैले कम खर्चमा चाडपर्व मनाउने र आर्थिक पारिवारिक र सामाजिक सुरक्षाको लागि आजै स्वास्थ्य बीमा गर्ने तिर बिचार गरौ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS