IME Life New

तिहारका अवसरमा सुनको असर्फी बिक्री गर्दै राष्ट्र बैंक, प्रतिव्यक्ति कति पाइन्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालिको तिहारका अवसरमा सुनको असर्फी बिक्री गर्ने भएको छ। गत वर्षको तिहारमा राष्ट्र बैंकले सुनको असर्फी बिक्री गरेको थिएन।

केन्द्रीय बैंकले आज सूचना जारी गर्दै तिहारका अवसरमा राष्ट्र बैंकको बबरमहलस्थित टक्सार महाशाखाबाट सुनको असर्फी तथा चाँदीको मेडालियन बिक्री गरिने जानकारी गराएको हो। ग्राहकलाई कात्तिक १९ गते र २० गते सुनको असर्फी तथा चाँदीको मेडालियन किन्न महाशाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिक्री गरिने सूचनामा उल्लेख छ।

Esewa
Crest

प्रतिव्यक्ति २.५ ग्रामको सुनको असर्फी एक थान तथा १० ग्रामको चाँदीका मेडालियन (लक्ष्मी र गणेश अंकित) १–१ थान (बढीमा २ थान मात्र) बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ। असर्फी र मेडालियन खरिदका लागि नेपाली नागरिक वा राष्ट्रिय परिचयपत्र वा ती कागजातको नम्बर उल्लेख भएको अन्य प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ। भुक्तानी नगद वा क्यूआरमार्फत गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

असर्फी तथा मेडालियनको मूल्य दैनिक रुपमा बिहानको करिब ११ बजेपश्चात निर्धारण हुने भएकोले मूल्य निर्धारणपश्चातमात्र बिक्री कार्य सुरु हुने सूचनामा प्रस्ट पारिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS