काठमाडौं । नबिलले पनि आज शुक्रबार परिमार्जित ब्याजदर प्रकाशन गरेको छ। बैंकले साधारण बचतकर्ताहरुका लागि न्यूनतम ३ देखि अधिकतम ५ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने बताएको छ।
चैत अन्तिमसम्ममा बैंकको आधारदर ७ दशमलव ८२ प्रतिशत र स्प्रेडदर ५ दशमलव ३४ प्रतिशत रहेको बैंकले जनाएको छ।
बैंकले ९ प्रकारका खातामा ३ प्रतिशत, तीन खातामा क्रमशः ३ दशमलव २५, ३ दशमलव ७५ र ४ प्रतिशत तथा अन्य ६ मध्ये तीन तीन प्रकारका खातमा क्रमश ५ र ५ दशमलव ५० प्रतिशत ब्याजदर दिने जनाइएको छ।
त्यस्तै, बैंकले मुद्दती निक्षेपमा संस्थागततर्फ ७ प्रतिशत र नवीकरणमा ७ दशमलव १० प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ८ दशमलव २५ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ।
त्यसैगरी, कर्जा लगानीतर्फ आधार ब्याजदरमा न्यूनतम २ देखि अधिकतम ५ प्रतिशत थप प्रिमियममा बैंकले कर्जा उपलब्ध गराउने जनाएको छ।