IME Life New

सहयोगी विकास बैंकको स्थगित साधारण सभा पुनः जेठ २४ गते, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सहयोगी विकास बैंकको १६ औं साधारण सभा जेठ २४ गते हुने भएको छ । बैंकले यसअघि चैत १० गते आह्वान गरेर कोभिड १९ संक्रमणका कारण स्थगित भएको साधारण सभा पुनः आह्वान गरेको हो। उक्त सभा बैंकले केन्द्रीय कार्यालय जनकपुरधाममा दिउँसो २ बजे आह्वान गरेको जनाइएको छ।

साधारण सभा प्रयोजनका लागि बैंकले फागुन २८ गतेदेखि बुकक्लोज गरेकाले फागुन २७ गतेसम्म कायम शेयरधनीले बैंकको लाभांश पाउनेछन्। तर बैंकको शेयर कारोबार सिटिजन्स बैंकसँग प्राप्ती सम्झौतासँगै रोकिएकाले सो अवधिसम्म कायम लगानीकर्ताले लाभांश पाउनेछन्।

Esewa
Crest

सभामा बैंकले गत आवको मुनाफाबाट प्रस्ताव गरेको लाभांश सहित सिटिजन्स बैंकसँग विलय हुने तथा सिटिजन्स बैंकमा विलय गर्ने सम्बन्धमा १०० कित्ता शेयर बराबर सिटिजन्स बैंकको ९१.७५ कित्ता शेयर आदान प्रदान अनुपात स्वीकृत गर्ने,प्राप्ती समझदारीपत्र अनुमोदन गर्ने, संयुक्त मर्जर कमिटीले गरेका निर्णयहरु अनुमोदन गर्ने एजेण्डा रहेका छन् ।

त्यस्तै, सभामा मर्जरको अन्तिम सम्झौतापत्र अनुमोदन तथा बैंकको सम्पत्ति तथा दायित्व मूल्याङ्कनकर्ता नियुक्ती, पारिश्रमिक निर्धारण र मर्जरका लागि भए।गरेका अन्य सम्पूर्ण निर्णय अनुमोदन गर्ने तथा आगामी दिनमा नियमनकारी निकायबाट आउने निर्देशन कार्यान्वयन गन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ।

हाल सिटिजन्स बैंकको चुक्ता पूँजी ८ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा सहयोगी विकास बैंक प्राप्ति पछिको चुक्ता पूँजी ९ अर्ब ८ करोड रुपैयाँ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS