काठमाडौं । मेरो माइक्रोफाइनान्सले कोरोना भाइरसका कारण लकडाउन भए पछि दैनिक ज्याला मजदुरी गरेर खाने तथा न्यून आय भएकाहरुलाई आवश्यक खाद्यान्न सामाग्री खरिद गर्न आर्थिक सहयोग गरेको छ । लक्षित समुदायमा सहयोग पुर्याउन माइक्रोफाइनान्सले काभ्रेको मनदेउपुर नगरपालिकाको राधाकृष्ण घनश्याम आधारभूत बिद्यालयलाइ ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको जनाइएको छ ।
संस्थाले आफ्नो संस्थागत सामाजिक उक्तरदायित्व अन्तर्गत ५० हजारको चेक प्रदान गरिएको छ । संस्थाले सो बिद्यालयमा अध्ययनरत ६६ जना बिद्यार्थीहरुको परिवारलाई उक्त रकम बराबरको खाद्यान्न सहयोग गरेको समेत जनाएको छ । फाइनान्सको पाँचखाल शाखा कार्यालयका शाखा प्रबन्धक गिता अधिकारीले मदनदेउपुर नगरपालिका ५ का वडाध्यक्ष नारायण लम्साललाई उक्त चेक प्रदान गरेकी हुन् ।