IME Life New

निर्धन उत्थान लघुवित्तद्धारा छात्रवृत्ति वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय सस्था लिमिटेड शाखा कार्यालय बाजुरा मार्तडी शाखाले एक कार्यक्रमका बिच बुढिगगा न पा वडा न १ स्थित धुरालसइन कुडि महिला समुहकी सदस्य सुर्जा परिको छोरा लाल परि र नवदुर्गा धुराल साईन महिला समूह सदस्य लक्ष्मी देवि उपाध्याय कि छोरी दिव्यश्वरी उपाध्यायलाइ छात्रवृत्ति रकम बितरण गरेको छ। दुबै छात्रा छात्रले २०७६ सालको प्रबिणता परीक्षामा उत्कृष्ट अङ्क ल्याएर उत्तिण भएका थिए।

सस्थापक अध्यक्ष स्वर्गीय डा. हरिहर देव पन्तको स्मृती अन्तर्गत दिइने पुस्कार प्रत्येक बर्ष देशमा रहेका आफ्ना सम्पुर्ण शाखा कार्यालयमा आबद्द हुने समूह सदस्य का छोरा छोरी मध्यबाट उत्कृष्ट नतिजा लिएर प्रबिणता उत्तिण गरेको एक छात्र र एक छात्रा लाई बितरण गरिन्छ। सोही अनुरुप उक्त पुरस्कार दिइएको संस्थाले जनाइएको छ ।

Esewa
Crest

छात्रवृत्ति कार्यक्रममा वडा न १ का वडा अध्यक्ष राजेश कुमार सिह र शाखा कार्यालय मार्तडिका शाखा प्रमुख हरिबोल भट्टराईले सयुत्त रुपमा रु ६ हजार नगद र प्रमाण पत्र हस्तान्तरण गरेका थिए।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष सिंहले आगामी दिनमा समेत संस्थाले यसैगरी कार्य गर्दै जेहेन्दार बिद्यार्थी लाई उत्प्रेरित गराउदै लानुपर्ने यसले समग्र बित्तिय सस्थाको राम्रो छाप पर्ने बताए। शाखा प्रमुख हरिबोल भट्टराईले आफ्ना कुरा राख्दै निर्धन उत्थान बैक सधै भरी सदस्य कै साथ मा रहिरहने र आगामी दिनहरु मा समेत यसैगरी काम अगाडि बढाउने प्रतिबद्धता ब्यत्त गरे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS