Connect IPS
IME Life

नाफा आर्जनमा मुक्तिनाथ विकास बैंक अगाडि, तेस्रो त्रैमाससम्ममा कसको मुनाफा कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हाल नेपालमा संचालित राष्ट्रिय स्तरका सबै विकास बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरिसकेको अवस्था छ । यस अवधिसम्ममा आइपुग्दा अधिकांश विकास बैंकहरुले नाफा बढाएका छन् भने केही विकास बैंकहरुको मात्र नाफा घटेको देखिएको छ ।

यस अवधिसम्ममा सबैभन्दा धेरै नाफा कमाउने विकास बैंकमा मुक्तिनाथ विकास बैंक रहेको छ । बैंकको आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकले चालु आवको तेस्रोे त्रैमासमा ६७ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ । बैंैंकको वितरण योग्य नाफा भने ३२ करोड ३७ लाख रुपैयाँ रहेको छ । कम्पनिको प्रति शेयर आम्दानी २१ रुपैँया ११ पैसा रहेको छ ।

Prabhu
Crest

त्यस्तै, गरिमा विकास बैंकले पनि चालु आर्थिक वर्षको तेस्रोे त्रैमासमा ४९ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको छ । यस अवधिसम्ममा बैंकको वितरण योग्य नाफा भने ७ करोड ७३ लाख रुपैँया रहेको छ । कम्पनिको प्रति शेयर आम्दानी २० रुपैँया ३३ पैसा रहेको छ । महालक्ष्मी विकास बैंकले चालु आवको तेस्रोे त्रैमासमा ३९ करोड ७३ लाख रुपैँया नाफा कमाउन सफल भएको छ । यस अवधिमा बैंकको वितरण योग्य नाफा ४ करोड ९६ लाख रुपैयाँ रहेको छ । बैंकको प्रति शेयर आम्दानी १७ रुपैँया २५ पैसा रहेको छ ।

त्यसैगरी, लुम्बिनी विकास बैंकले ४३ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको छ । यस अवधिमा बैंकको वितरण योग्य नाफा १० करोड ३२ लाख रुपैयाँ रहेको छ भने बैंकको प्रति शेयर आम्दानी २१ रुपैँया ४८ पैसा रहेको वित्तीय विवरण प्रकाशन गरेको छ ।

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले तेस्रो त्रैमासमा आइपुग्दा ४३ करोड ६७ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । यस अवधिमा बैंकको वितरण योग्य नाफा भने ७ करोड ८ लाख रुपैयाँ रहेको छ । यस्तै, बैंकको प्रति शेयर आम्दानी सबैभन्दा बढी २२ रुपैँया २० पैसा रहेको छ ।

ज्योति विकास बैंकले चालु आवको तेस्रोे त्रैमासमा ४३ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ । यस अवधिमा बैंकको वितरण योग्य नाफा ९ करोड ५४ लाख रुपैयाँ रहेको छ भने प्रति शेयर आम्दानी १६ रुपैँया ६३ पैसा रहेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रोे त्रैमासमा २२ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको छ । यस अवधिमा बैंकको वितरण योग्य नाफा ९० लाख रुपैयाँ रहेको छ भने प्रति शेयर आम्दानी ११ रुपैँया ४८ पैसा रहेको छ भने कामना सेवा विकास बैंकले चालु आवको तेस्रोे त्रैमासमा २१ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको वितरण योग्य नाफा ५८ हजार रुपैयाँ रहेको छ, भने प्रति शेयर आम्दानी ११ रुपैँया ३१ पैसा रहेको छ ।

त्यसैगरी गण्डकी विकास बैंकले चालु आर्थिक वर्षको तेस्रोे त्रैमासमा ३६ करोड ९५ लाख नाफा कमाएको छ । यस अवधिमा बैंको वितरण योग्य नाफा ३ करोड २८ लाख रुपैयाँ रहेको छ भने प्रति शेयर आम्दानी १७ रुपैँया ९२ पैसा रहेको छ । देव विकास बैंकले २३ करोड ४९ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा १ करोड १८ लाख १८ हजार रुपैयाँ छ । बैंकको प्रति शेयर आम्दानी ९ रुपैँया ८६ पैसा रहेको बैंकहरुले प्रकाशन गरेको वित्तीय विवरणमा उल्लेख छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS