IME Life New

ज्योति विकास बैंक र एचएफएनबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति विकास बैंकले हेल्थ फाउण्डेसन नेपाल (एचएफएन) सँग बुधबार २ लाख बराबरको आर्थिक सहायता सहितको सहकार्य गर्ने सहमति गरेको छ । बैंकले सामाजिक उत्तर दायित्वको लागि सिर्जना गरेको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत एचएफएनलाई कोरोना विरुद्धको लडाइँमा संस्थाको एन ९५ युभिजिआई डिकन्ट्यामिनेसन प्रोजेक्टको लागि सहयोग गरेको जनाइएको छ ।

सम्झौतापत्रमामा ज्योति विकास बैंकको तर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत पारस राज कँडेल तथा एचएफएनका कार्यकारी निर्देशक मदन राज भट्ट्ले हस्ताक्षर गरे।

Esewa
Crest

एचएफएनको एन ९५ डिकन्ट्यामिनेसन प्रोजेक्ट अन्तर्गतको युभिजिआई प्रविधिले वर्तमान स्थितिमा स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने एन ९५ मास्क र पीपीईलाई पुन प्रयोग गर्न मिल्ने गरि जीवाणु रहित बनाउँदछ। सो प्रविधि अन्तर्गत प्राविधिक रुपमा उपयुक्त डिकन्ट्यामिनेसन तरिका अपनाइएमा अल्ट्रा भाइलेट प्रकाशको प्रयोगले एउटै एन ९५ मास्कलाई पनि कम्तिमा ५ पटकसम्म सुरक्षित तरिकाले पुन प्रयोग गर्न मिल्ने तथ्यहरुले देखाएको छ।

एचएफएनले पहिलो चरणमा नेपाल सरकारको स्वास्थ्य तथा जनसङख्या मन्त्रालय र मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरसँगको सहकार्यमा देशभरको २८ विभिन्न अस्पतालमा सो प्रविधि स्थापना गर्नेछ।

हालसम्म बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ५६ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS