काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब ७४ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। बैंकले ९१ दिनको २ अर्ब रुपैयाँको, १८२ दिनको ११ अर्ब ८५ करोड रुपैयाँको र एक वर्षको लागि १ अर्ब ८९ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको हो।
उक्त बिल खरीदका लागि लगानीकर्ताले अनलाइनमार्फत बोलकबोल गर्नुपर्ने नेपाल राष्ट्र बैंकले जनाइएको छ ।