IME Life New

एनआईसी एशिया लघुवित्तको नाफा ५८% ले बढ्यो, अन्य सूचक कस्तो ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा ५८ प्रतिशतले संचालन मुनाफा बढाउन सफल भएको छ । यस अवधिसम्ममा संस्थाले १९ करोड ४८ लाख सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ ।

संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा ५६ दशमलव ४३ प्रतिशतले वृद्धि गरी १२ करोड २७ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधीमा संस्थाले ७ करोड ८४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

Crest

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कुल कर्जा दोश्रो त्रैमासको भन्दा १ अर्ब ८८ करोड वृद्धि गरी ७ अर्ब २२ करोड पु-याउन सफल भएको छ, जुन गत आर्थिक वर्षको तेश्रो त्रैमासको भन्दा ३ अर्ब ५ करोडले बढि हो र बचत संकलनतर्फ २२ करोडले वृद्धि गरी १ अर्ब १ करोड पु-याउन वित्तीय संस्था सफल भएको छ । जुन गत आर्थिक वर्षको तेश्रो त्रैमासको भन्दा ५६ करोडले बढि हो ।

संस्थाले नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको ३ प्रतिशत ब्याज छुटको अलावा जेष्ठ महिनासम्ममा तिर्नु बुझाउनुपर्ने सम्पूर्ण रकम जेष्ठ मसान्तभित्र चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा १० प्रतिशत छुट तथा हर्जाना ब्याजको शत प्रतिशत रकम छुटको योजना ग्राहकहरू समक्ष ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS