काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाले कोरोना भाईरसको संक्रमण रोकथाम तथा उपचारका लागि स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा आर्थिक सहयोग प्रदान गरेको छ । कोरोना भाईरसको संक्रमण रोकथाम, जोखिम न्यूनिकरण तथा उपचार कार्यमा योगदान पुगोस भन्ने अभिप्रायले स्वदेशी लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रदेश नं १ सरकारले कोरोना भाईरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको “प्रदेश नं १ कोरोना जनसुरक्षा कोष” मा पाँच लाख रुपैया सहयोग गरेको छ ।
संस्थाले यस महामारीबाट प्रभावित आफ्ना अति विपन्न ग्राहक सदस्यहरुलाई नगद राहत उपलब्ध गराउन एक करोड रुपैयाँ रकम विनीयोजन गरि हाल सम्म ७२ लाख ९६ हजार वितरण गरीसकेको जनाएको छ ।
संस्थाले यस माहामारीबाट बच्न तथा नियन्त्रण कार्यमा सहयोग पुर्याउन आफ्नो स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी बारम्बार राम्रो सँग साबुनपानीले हात धुने, मास्क प्रयोग गर्ने, सेनिटाइजरको प्रयोग गर्ने, कम्तिमा १ मिटर भन्दा बढीको सामाजिक दुरी कायम गर्ने तथा बढी भिडभाड भएको स्थानमा नजान समेत सबैलाई अनुरोध गरेको छ ।