Connect IPS
IME Life

मेट लाईफको खुद बीमा शुल्क तीन अर्ब माथि, जीवन बीमा कोषमा करिब १८ अर्ब

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मेट लाईफको खुद बीमा शुल्क तथा जीवन बीमा कोषमा रकम बृद्धि भएको छ । अमेरिकन जीवन बीमा कम्पनीको नेपालस्थित शाखा कार्यालयले चालु अकमर्थिक वर्षमा २५ करोड रुपैयाँले जीवन बीमा रकम बृद्धि गर्न सफल भएको छ ।

कम्पनीले चालु आर्थिक वर्षको नौ महिनामा तीन अर्ब २१ करोड ९१ लाख सात हजार रुपैयाँ खूद बीमा शुल्क आर्जन गरेको छ । गत वर्ष जम्मा दुई अर्ब ९६ करोड ५४ लाख ७८ हजार रुपैयाँ आर्जन गरेको थियो । मेट लाईफको मुनाफामा सामान्य बृद्धि भएको छ । अघिल्लो वर्ष २० करोड ४६ लाख ३२ हजार मुनाफा रहेकोमा यस वर्ष २१ करोड ६८ लाख २० हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको हो ।

Prabhu
Crest

कम्पनीको जीवन बीमा कोषमा झण्डै डेढ अर्ब रुपैयाँ थप भएको छ । गत चैत्र मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा १७ अर्ब ८३ करोड ६६ लाख ९३ हजार पुगेको छ । अघिल्लो वर्ष १६ सोही अवधीमा १६ अर्ब ३४ करोड २१ लाख ४९ हजार रुपैयाँ रहेको छ । त्यस्तै जगेडा कोषमा दुई अर्ब २९ करोड ५० लाख १० हजार रुपैयाँ दाखिला गरेको छ भने महाविपत्ति कोषमा २० करोड ५७ लाख ८० हजार रुपैयाँ जम्मा गरेको छ । जीवन बीमा कम्पनीको मुनाफा भने लेखा परिक्षणको क्रममा बीमाङ्कीय मूल्याङ्कनको क्रममा हेरफेर हुनसक्नेछ ।

मेटलाईफले कूल बीमा शुल्क आर्जन तीन अर्ब ३० करोड भन्दा बढि आर्जन गरेको छ भने दुई अर्ब आठ लाख ५० हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । त्यस्तै कम्पनीले अझै ६२ करोड ८९ लाख ५२ हजार रुपैयाँ दावी भुक्तानी गर्न बाँकी छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS