IME Life New

नेपाल लाइफद्वारा पर्वतमा ७ लाख मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कुश्मा उपशाखाले सात लाख ३० हजार ५२९ रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले हृदयघात भै मृत्यु भएका कुश्मा नगरपालिका ९ ज्ञादी निवासी स्व.कृष्ण तिवारीको परिवारलाई सात लाख ३० हजार पाँच सय उनन्तीस रुपैयाँ दाबी भुक्तानी गरेको कम्पनीले जनाएको छ ।

Esewa
Crest

कम्पनीले एक कार्यक्रमको आयोजना गरी बीमितिकै घरमा पुगेर दाबी भुक्तानी गरेको हो । मृतक तिवारीले नेपाल लाईफमा गत ३ बर्ष पहिले ५ लाख २५ हजार र १ लाख १० हजार सहित कूल छ लाख ३५ हजार रुपैयाँ बीमाङ्कको दुई जीवन बीमा गरेका थिए ।

बीमा दावी भुक्तानी रकम हस्तान्तरण कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कुश्मा उपशाखा प्रबन्धक ज्ञानु कुवरले वर्तमान परिवेशमा जीवन बीमा अनिवार्य भएकोले बीमा गरी आर्थिक जोखिमबाट सुरक्षित हुन अपिल गरेका थिए । कार्यक्रममा कुनपा ९ का वडा अध्यक्ष कृष्ण शर्मा लामिछानेले बीमाले मानिसको जीवनमा सुरक्षा प्रदान गर्ने बताए । कार्यक्रममा पेशागत बीमा अभिकर्ता संघ बाग्लुङ अध्यक्ष रामशरण पोखरेल, सिनियर एजेन्सी म्यानेजर घनश्याम रिजालको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS