IME Life New

नेपाल एसबीआई बैंकको नाफा १० प्रतिशतले घट्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं ।नेपाल एसबीआई बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिसम्ममा १ अर्ब ४३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत बर्षको सोहि अवधिमा १ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत बर्षको तुलनामा बैंकको नाफा १० प्रतिशतले घटेको छ ।

चैत मसान्तसम्म्मा बैंकको खुद ब्याज आम्दानी ६ प्रतिशत र संचालन नाफा ७ प्रतिशतले घटेको छ । गत बर्षको तुलनामा बैंकले खुद ब्याज आम्दानी घटेर ३ करोड १३ लाख रुपैयाँ र संचालन मुनाफा ७ प्रतिशतले घटेर चैत मसान्तसम्ममा २ अर्ब ४ करोड रुपैयामा सिमित भएको छ।

Crest

हालको बैंकको चुक्ता पुँजी ८९ करोड रुपैयाँ रहेको छ भने रिर्जभ कोषमा ५१ करोड ६७ लाख रुपैयाँ रहेको छ। बैंकको प्रतिशेयर आम्दानी (बार्षिक) ४ प्रतिशतले घटेर ४ रुपैयाँ ३३ पैसामा झरेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ६८ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS