Connect IPS
IME Life

कुमारी बैंकले देवः विकास बैंकलाई प्राप्ति गर्ने, एकै दिन बोलाए साधारण सभा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कुमारी बैंकले देवः विकास बैंकलाई प्राप्ति गर्ने भएको छ । देवः विकास बैंकको शून्य दशमलव ८६ कित्ता शेयर बराबर कुमारीको १ कित्ता शेयर आदान प्रदान गर्ने सहमतिमा एक आपसमा गाभिन लागेका हुन् ।

दुवै बैंकले सोही सहमतिका लागि जेठ १९ गते सभाको आव्हान गरेका छन् । कुमारी बैंकले विहान ११ बजे नक्सालमा विशेष साधारण सभा र देवः विकास बैंकले सोहि समयमा केन्द्रीय कार्यालय लालदरबार, काठमाडौंमा १३ औं वार्षिक साधारण सभा बोलाएको हो ।

Prabhu
Crest

कुमारीले प्राप्ति प्रयोजनका लागि आवश्यक निर्णयहरु गर्नुका साथै पछिल्ला दिनमा गर्नुपर्ने कामको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव विशेष साधारण सभाका लागि तय गरेको छ । कुमारीले विशेष साधारण सभा प्रयोजनका लागि जेठ ७ गते एक दिन बुक क्लोज गर्ने जनाइएको छ ।

देवः विकास बैंकले आव्हान गरेको सभाले भने प्राप्ति सम्बन्धि प्रस्तावसँगै गत आर्थिक वर्ष २०७५ ७६ को वित्तीय विवरण सहित विविध प्रस्ताव पारित गर्नेछ । कम्पनीले प्रस्ताव गरेको ८ दशमलव ५५ प्रतिशत बोनस शेयरसमेत सभाले पारित गर्नेछ ।

देवः विकास बैंकले भने वार्षिक साधारण सभा प्रयोजनका लागि जेठ ५ गतेदेखि जेठ १९ गतेसम्म बुक क्लोज गर्ने तयारी गरेको छ ।

हाल देवः विकास बैंकको चुक्तापूँजी ३ अर्ब १७ करोड ७१ लाख रुपैयाँ र कुमारी बैंकको चुक्तापूँजी ९ अर्ब ५५ करोड ४१ लाख ३० हजार रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS