Connect IPS
IME Life

नेपाल बैंकको नाफा २५ करोड घट्यो, अन्य वित्तीय सूचांक कस्तो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणमा नेपाल बैंकको मुनाफामा गिरावट आएको छ । आज प्रकाशित चालु आर्थिक वर्षको अपरिष्कृत तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको चैत मसान्तसम्मको नाफा गत आवको सोही अवधिको तुलनामा करिब २५ करोड रुपैयाँले घटेको हो ।

बैंकको चालु आवमा एक अर्ब ९९ करोड ६५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत आवको चैत मसान्तसम्ममा २ अर्ब २४ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवमा बैंकको २४ करोड ९० लाख रुपैयाँ मुनाफा घटेको हो । बैंकले निक्षेपमा ब्याजदर बढाएका कारण मुनाफा प्रभावित भएको देखिएको हो ।

Prabhu
Crest

चालु आवको नौ महिनामा बैंकले चार अर्ब २१ करोड ८२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ५० करोड ७० लाख रुपैयाँ कम हो । कूल नौ अर्ब ८१ करोड ११ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १४ अर्ब १७ करोड ६२ लाख रुपैयाँ सञ्चित छ । त्यसैगरी, बैंकको शेयरधनी कोषमा १ अर्ब ८५ करोड २५ लाख रुपैयाँ र शेयर प्रिमियममा ३ अर्ब २६ करोड २८ लाख रुपैयाँ रहेको सहित सबै कोषमा गरी कूल १९ अर्ब २८ करोडभन्दा बढि रहेको छ ।

चैत्र महिना धेरैजसो लकडाउनमा फसेकाले बैंकको प्रतिशेयर आम्दानी पनि घटेर २७ रुपैयाँ १३ पैसामा सीमित भएको देखिएको छ । बैंकको प्रतिशेयर नेटवर्थ २९६ रुपैयाँ ६३ पैसा कायम भएको छ भने मूल्य आम्दानी अनुपात ९.२५ गुणा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS