IME Life New

ग्रीन डेभलपमेन्ट बैंकको नाफा बढ्यो, अन्य सूचक कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिसम्ममा १ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकले गत बर्षको सोहि अवधिमा १ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत बर्षको तुलनामा बैंकको नाफा १४ प्रतिशतले बढेको छ ।
चैत मसान्तसम्म्मा बैंकको खुद ब्याज आम्दानी २५ प्रतिशत र संचालन नाफा १४ प्रतिशतले बढेको छ । गत बर्षको तुलनामा बैंकले खुद ब्याज आम्दानी बढाएर ६ करोड ३२ लाख रुपैयाँ पुराएको छ । त्यस्तै, बैंकले संचालन मुनाफाबाट चैत मसान्तसम्ममा २ करोड ३२ लाख रुपैयाँ पुराएको छ।

Esewa
Crest

बैंकले तेस्रो त्रैमासको अवधिसम्ममा १ अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ अर्ब ५ करोड रुपैयाँ कर्जामा लगानी गरेको छ ।हालको बैंकको चुक्ता पुँजी ५९ करोड रुपैयाँ रहेको छ भने रिर्जभ कोषमा २ करोड ७२ लाख रुपैयाँ रहेको छ। बैंकको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ३३ पैसा र प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ ४८ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS