काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिसम्ममा नाफा बढेको छ । संस्थाले तेस्रो त्रैमासको अवधिसम्ममा आफनो नाफा ४४ प्रतिशतले बढाएर २ करोड ६८ प्रतिशत रुपैयाँ पुराएको छ।
संस्थाले गत बर्षको सोहि अवधिमा १ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै संस्थाले चैत मसान्तसम्ममा संचालन नाफाबाट ४ करोड २२ लाख रुपैयाँ नाफा कमाएको छ। संस्थाको खुद ब्याज आम्दान्ी ४५ प्रतिशतले बढेर ९ करोड २६ लाख रुपैयाँ पुगेको छ।
संस्थाको खुद ब्याज आम्दानी र संचालन नाफामा आएको सुधारले खुद नाफालाई अघि बढाउन सहयोग पुगेको छ। संस्थाको प्रतिशेयर आम्दानी (बार्षिक)१८ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ७४ पैसा रहेको छ ।