IME Life New

स्थानीय सरकारसँग बीमा सम्झौताको अभियान चलाउँदै राष्ट्रिय बीमा कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यतिबेला सिंगो देश लकडाउनमा छ । लकडाउनको अवधीमा देशैभरिका ७५३ वटा स्थानीय निकाय घरभित्रै थुनिएका जनतालाई खाद्यान्न लगायतका राहत सामग्री वितरण गर्ने कार्यमा जुटिरहेको छ । हरेक स्थानीय निकायका जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्यकर्मीहरु विहानैदेखि राहत वितरण तथा उपचारमा व्यस्त छन् । राष्ट्रिय बीमा कम्पनीले स्थानीय सरकारसँग सहकार्य गरेर कोरोना महामारीमा राहत वितरण तथा उपचारमा संलग्न स्वास्थ्यकर्मी, चिकित्सक, कर्मचारी तथा जनप्रतिनिधिको बीमा गर्ने अभियान अघि बढाएको छ ।

Esewa
Crest

यसै अभियान अन्तर्गत राष्ट्रिय बीमा कम्पनीले सोमबार दक्षिण काठमाडौंको स्थानीय निकाय चन्द्रागिरी नगरपालिकासँग बीमा सम्झौता गरिसकेको छ । सरकारी कम्पनी र जिटुजी हुने हुँदा राष्ट्रिय बीमा कम्पनी स्थानीय सरकारको लागि सबैभन्दा उत्तम विकल्प भएको प्रमुख कार्यकारी अधिकृत डिल्ली अर्याल बताउँछन् ।

गत सोमबार सो प्रक्रियाबाट चन्द्रागिरी नगरपालिकासँग सम्झौता गरी ३५० जना जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मीको स्वास्थ्य बीमा गरेर कम्पनीले १५ लाख भन्दा बढि बीमा बीमा शुल्क आर्जन गर्न सफल भएको छ । चन्द्रागिरी नगरपालिकाको बीमा प्रस्तावसँगै उत्साहित बनेको कम्पनीले अब स्थानीय सरकारसँग सहकार्य गरेर बीमा गर्ने अभियानमा नै चलाएको छ । पछिल्लो एक सातामा राष्ट्रिय बीमा कम्पनीले तीन वटा अन्य स्थानीय निकायसँग सहकार्य गर्ने प्रस्ताव अघि बढाइसकेको छ । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्यालका अनुसार ललितपुर महानगरपालिकासँग बीमा सम्झौताको अन्तिम तयारी भइसकेको छ । यही साताभित्र ललितपुर महानगरपालिकाका राहत वितरण गर्ने सबै जनप्रतिनिधि, स्वास्थ्यकर्मी र कर्मचारीको बीमा हुनेछ । त्यस्तै काठमाडौं महानगरपालिकासँग पनि बीमा गर्ने प्रक्रिया अघि बढाइएको राष्ट्रिय बीमा कम्पनीले जनाएको छ । त्यस बाहेक देशका अन्य स्थानीय निकायसँग पनि सहकार्यका लागि काम भइरहेको छ ।

कोरोना महामारीको समयमा राहत वितरणमा खटिएका जनप्रतिनिधिको मनोबल उच्च राख्न बीमाले प्रभावकारी भूमिका खेल्न सक्ने निष्कर्षसहित राष्ट्रिय बीमा कम्पनी देशैभरिका स्थानीय सरकारसँग जिटुजी मोडलमा सम्झौता गर्ने अभियानमा रहेको कम्पनीका सिईओ अर्यालले बताए । बीमा कम्पनीलाई बीमा शुल्क आम्दानी पनि हुने र राहत तथा उपचारमा संलग्न कर्मचारी, जनप्रतिनिधि तथा स्वास्थ्यकर्मी समेत निर्धक्क सेवामा लाग्न पाउने भएकोले कोरोना महामारीमा थप हौसलाका लागि यस्तो अभियान देशैभरि सञ्चालन गरिने राष्ट्रिय बीमा कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS