IME Life New

चन्द्रागिरी नगरपालिकाले गरायो ३५० जनप्रतिनिधि–स्वास्थ्यकर्मीको १० लाखको बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राजधानी काठमाडौंमा जोखिम बढ्दै जाँदा स्थानीय निकायले राहत वितरण खटिने जनप्रतिनिधि तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीको बीमा गराउन थालेका छन् । दक्षिण काठमाडौंको चन्द्रागिरी नगरपालिकाले राहत वितरण गर्ने जनप्रतिनिधि, कर्मचारी–स्वास्थ्यकर्मी र एम्बुलेन्स चालक समेत गरी ३५० जना जनाको बीमा गराएको हो । राष्ट्रिय बीमा कम्पनीमा कूल १० लाख बीमाङ्कको बीमा गराएको सो नगरपालिकाका मेयर घनश्याम गिरीले बताए ।

Esewa
Crest

उनले भने, ‘दिनहु राहत वितरणमा खटिने जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी र एलुम्बलेन्स चालकको मनोबल उच्च राख्न कूल १० लाख बराबरको जोखिम बहन हुने गरी बीमा गराएका हौं ।’ अहिलेको विषम परिस्थितिमा राहत वितरण तथा उपचारमा संलग्न कर्मचारीहरुको मनोबल उच्च राख्न बीमा गरिएको नगरपालिकाको भनाई छ ।

मेयर गिरीका अनुसार ७८ जना जनप्रतिनिधि, ८४ जना नगर अन्तर्गतका कर्मचारी, १७७ जना वडा कार्यालय अन्तर्गतका कर्मचारी तथा स्वास्थ्यकर्मी र ११ जना एम्बुलेन्स चालकको बीमा गरिएको हो । राष्ट्रिय बीमा कम्पनीका अनुसार सामूहिक दुर्घटना बीमा अन्तर्गत प्रतिव्यक्ति ६ लाख, घातक रोग बीमा अधिकतम दुई लाख, कोरोना भाइरस बीमा एक लाख र एक लाख बराबरको सामान्य औषधोपचार बीमा गरी कूल १० लाखको बीमा गरिएको छ । सो बापत नगरपालिकाले १५ लाख रुपैयाँ बीमा शुल्क बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS