Connect IPS
IME Life

चन्द्रागिरी नगरपालिकाले गरायो ३५० जनप्रतिनिधि–स्वास्थ्यकर्मीको १० लाखको बीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राजधानी काठमाडौंमा जोखिम बढ्दै जाँदा स्थानीय निकायले राहत वितरण खटिने जनप्रतिनिधि तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीको बीमा गराउन थालेका छन् । दक्षिण काठमाडौंको चन्द्रागिरी नगरपालिकाले राहत वितरण गर्ने जनप्रतिनिधि, कर्मचारी–स्वास्थ्यकर्मी र एम्बुलेन्स चालक समेत गरी ३५० जना जनाको बीमा गराएको हो । राष्ट्रिय बीमा कम्पनीमा कूल १० लाख बीमाङ्कको बीमा गराएको सो नगरपालिकाका मेयर घनश्याम गिरीले बताए ।

Prabhu
Crest

उनले भने, ‘दिनहु राहत वितरणमा खटिने जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी र एलुम्बलेन्स चालकको मनोबल उच्च राख्न कूल १० लाख बराबरको जोखिम बहन हुने गरी बीमा गराएका हौं ।’ अहिलेको विषम परिस्थितिमा राहत वितरण तथा उपचारमा संलग्न कर्मचारीहरुको मनोबल उच्च राख्न बीमा गरिएको नगरपालिकाको भनाई छ ।

मेयर गिरीका अनुसार ७८ जना जनप्रतिनिधि, ८४ जना नगर अन्तर्गतका कर्मचारी, १७७ जना वडा कार्यालय अन्तर्गतका कर्मचारी तथा स्वास्थ्यकर्मी र ११ जना एम्बुलेन्स चालकको बीमा गरिएको हो । राष्ट्रिय बीमा कम्पनीका अनुसार सामूहिक दुर्घटना बीमा अन्तर्गत प्रतिव्यक्ति ६ लाख, घातक रोग बीमा अधिकतम दुई लाख, कोरोना भाइरस बीमा एक लाख र एक लाख बराबरको सामान्य औषधोपचार बीमा गरी कूल १० लाखको बीमा गरिएको छ । सो बापत नगरपालिकाले १५ लाख रुपैयाँ बीमा शुल्क बुझाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS