काठमाडौं । मन्जुश्री फाइनान्सले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वनजिक गरेको छ । फाइनान्सले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा १९ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले गत बर्षको सोहि अवधिमा ४ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको थियो । गत बर्षको तुलनामा बैंकको नाफा ३२२ प्रतिशतले बढेको छ ।
तेस्रो त्रैमासको अवधिसम्ममा फाइनान्सको खुद ब्याज आम्दानी ५४ प्रतिशत र संचालन नाफा १९० प्रतिशतले बढेको छ । फाइनान्सको खुद ब्याज आम्दानी १८ करोड ९१ लाख रुपैयाँबाट बढेर २९ करोड ११ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, फाइनान्सले चैत मसान्ससम्मको अवधिमा ५ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ भने ५ अर्ब ६१ करोड रुपैयाँ कर्जामा लगानी गरेको छ । फाइनान्सको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ४९ पैसा र प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ ०८ पैसा रहेको छ।