काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । यस अवधिसम्म आइपुग्दा संस्थाले १ करोड २६ लाख ८५ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिको तुलनामा संस्थाको नाफा ९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले १ करोड १६ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको थियो ।
संस्थाको खुद ब्याज आम्दानी ४ करोड ५२ लाख ३९ हजार रुपैयाँबाट बढेर ५ करोड ९२ लाख २४ हजार रुपैयाँ पुगेको छ । यता, सञ्चालन नाफा भने घटेको छ । गत वर्ष १ करोड ८२ लाख ८३ हजार रुपैयाँ रहेको सञ्चालन नाफा यस वर्ष ९३ लाख १८ हजार रुपैयाँ मा रहेको छ ।
यस अवधिसम्म संस्थाको खराब कर्जा १ दशमलव ३७ प्रतिशतले बढेर २ दशमलव ६६ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी वार्षिक १४ रुपैयाँ ८२ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ भने १२३ रुपैयाँ ६० पैसा रहेको छ ।