काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । लघुवित्तले यस अवधिमा खुद नाफा ३८ दशमलव ०४ प्रतिशतले घटेर १५ करोड १४ लाख ४९ हजार रुपैयाँ मात्र नाफा कमाएको छ । गत वर्ष यसैअवधिमा संस्थाले २४ करोड ४४ लाख ४८ हजार रुपैयाँ नाफा कमाएको थियो ।
तेस्रो त्रैमाससम्म आइपुग्दा आरएमडीसीको खुद ब्याज आम्दानी २९ दशमलव ८२ प्रतिशतले घटेर २४ करोड ४८ लाख ६४ हजार रुपैयाँमा झरेको छ । गत वर्ष यसले ३४ करोड ८९ लाख ४० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
त्यस्तै, सञ्चालन नाफा पनि ३१।३०५ ले घटेर २३ करोड ८१ लख ४१ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष यसको सञ्चालन नाफा ३४ करोड ६६ लाख ८९ हजार रुपैयाँ थियो ।
प्रतिसेयर आम्दानी वार्षिक २२ रुपैयाँ ४५ पैसा रहेको छ । यो गत वर्षको भन्दा १८ रुपैयाँ ३२ पैसाले कम हो । गत वर्ष यसको प्रतिसेयर आम्दानी ४० रुपैयाँ ७७ पैसा थियो । यस संस्थाको प्रतिसेयर नेटवर्थ २७३ रुपैयाँ ७० पैसा रहेको छ ।