काठमाडौं । सेञ्चुरी कमर्सीयल बैंकले कोरोना भाइरस रोकथामको लागि कोरोना भाइरसको परिक्षण गरिरहेको रुकुमको अस्पताल चौरजहारीलाई २० थान पिपिई सहयोग प्रदान गरेको छ ।
बैंकले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको जनाएको छ । उक्त पिपिइ बैंकका बजार प्रबन्धक शेयर राज बास्ताकोटीले रुकुमका कुमार कठायतलाई हस्तान्तरण गरेका हुन् ।यस अघि बैंकले सरकारले खडा गरेको कोरोना रोकथामको कोषमा सहषेग प्रदान गरिरसकेको छ ।