काठमाडौं । सिटिजन बैंकले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । लकडाउनको अवधिमा तेस्रो त्रैमासिकको वित्तिय विवरण प्रकाशन गर्ने पहिलो वाणिज्य बैंक बनेको छ ।
बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा १ अर्ब ९ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत आर्थिक बर्षको सोहि अवधिमा बैंकले १ अर्ब ६ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा कम्पनीको नाफा २ प्रतिशतले बढेको छ । समिक्षा अवधिमा बैंकले ४१ करोड ९ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गर्न सफल भएको छ ।
त्यस्तै बैंकल चैत मसान्तसम्ममा ७७ अर्ब ८३ लाख रुपैयाँ निक्षेप संकलन गरि ७५ अर्ब १ करोड ४२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । जसमार्फत बैंकले २ अर्ब २४ करोड रुपैयाँ दु ब्याज आम्दानी गरेको छ भने १ अर्ब ५२ करोड रुपैयाँ संचालन गरेको छ । बैंकको हालको चुक्ता पुँजी ६३ करोड २१ लाख रुपैयाँ रहेको छ ।