IME Life New

नेपाल बैंक उत्कृष्ट, इक्राबाट पायो ‘ए’ रेटिङ, डिवेन्चरले पायो ‘एलए’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लि हरेक हिसाबले उत्कृष्ट रहेको तथ्य सार्वजनिक भएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले नेपाल बैंकको सुक्ष्म अध्ययन गरी ‘ए’ स्तरको रेटिङ निर्धारण गरेको छ । बैंकको वित्तीय क्षमता, जनविश्वास समेतलाई आधार मानेर गरिएको विश्लेषणमा नेपालकै पहिलो बैंक अब्बल देखिएको हो ।

त्यस्तै, नेपाल बैंकले निष्काशन गर्न लागेको डिवेन्चरलाई इक्राले ‘एलए’ रेटिङ दिएको छ । एलए भनेको दीर्घकालिन रुपमा समेत उत्कृष्ट भन्ने अर्थ लाग्नेछ । बैंकले निष्काशन गर्न लागेको २५०० मिलियन रकमको डिवेन्चरले इक्राबाट एलए रेटिङ पाएको हो ।

Esewa
Crest

कोरोना महामारीका बीचमा बैंकले ए रेटिङ पाउनु उत्कृष्ट भएको भन्ने अर्थ लाग्नेछ । सो क्रममा इक्राले बैंकको कर्जा जोखिम, व्यवसायिक तथा वित्तीय जोखिमहरुको विष्लेषण, व्यवस्थापकीय क्षमता, संचालन प्रभावकारिता, बैंकको प्रभावकारी संचालनमा प्रभाव पार्ने आन्तरिक तथा बाहय वातावरणीय तत्वहरुको विषलेशण, बजार हिस्सा, ब्राण्ड तथा ईमेज, स्वस्थ मुनाफाको आधार, नितिगत तथा कानूनी प्रभावहरुको मुल्याङ्कन, पूजी संरक्षण तथा सरकार बाट प्राप्त सहयोगलगायतको विषयमा सुक्ष्म विश्लेषण गरेको जनाएको छ ।

त्यस्तै, बैंकका नीति तथा स्थापना गरेका पूर्वाधारहरु, जोखिम बहन गर्न सक्ने क्षमता, सम्पत्तिहरुको गुणस्तर, पर्याप्त तरलता तथा पूजीकोष, आम्दानीका श्रोतहरु तथा तिनका स्थायित्व, निक्षेपको मिश्रण, कर्जा तथा निक्षेपको अनुपात, पारदर्शिता एबं समग्र बैंकको मूल्याङ्कनको आधारमा रेटिङ ए दिइएको इक्राले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS