काठमाडौं । उन्नति लघुवित्त वित्तीय संस्थाले आफ्नो कार्यक्षेत्र अन्तर्गतका प्रदेश सरकार कार्यालय तथा स्थानीय तहहरुलाई कोरोना भाईरस (कोभिड–१९) राहत कोषमा ६ लाख ५० हजार सहयोग गरेको छ ।
उक्त चेक प्रदेश नं.५ प्रदेश सरकारका मुख्यमन्त्री माननीय शंकर पोखरेललाई उन्नति लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रेम बहादुर पाठक तथा सञ्चालक कृष्ण प्रसाद गौतमले हस्तान्तरण गरेका हुन् ।लघुवित्तले आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको जनाएको छ ।

















