IME Life New

साना तथा मझौला उद्योगलाई १० प्रतिशत छुट र १ प्रतिशत ब्याज घटाउने परिसंघको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक संचालकहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले साना तथा मझैला उद्यमीहरुलाई कर्जातर्फ १ प्रतिशत व्याज घटाउने भएको छ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले बाणिज्य बैंकहरुले साना तथा मझौला उद्यम व्यवसाय (एसएमई) लाई दिइएको १ करोड रुपैयाँसम्मको ऋणमा १ प्रतिशत र विकास बैंकहरुले ४० लाख रुपैयाँसम्मको तथा फाइनान्स कम्पनीहरुले २० लाख रुपैयाँसम्मको एसएमई कर्जामा १ प्रतिशत व्याज घटाउने सहमति गरेको छ ।

त्यसैगरी संघले भुक्तान हुन बाँकी बैशाख मसान्त सम्मको कर्जा व्याजमा १० प्रतिशत छुट दिने निर्णय समेत गरेको छ । तर यस्तो रकम बैशाख मसान्त सम्म भुक्तानी गरिसक्नुपर्ने जनाइएको छ ।

Esewa
Crest

संघका अनुसार बैंक तथा वित्तीय संस्थाका नियमित ग्राहकहरुले वैशाख मसान्तसम्ममा चुक्ता गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता, साँवा र ब्याज बैशाख मसान्तसम्म भुक्तानी गरेमा तिर्न बाँकी रहेको वक्यौताको साधारण व्याजको १० प्रतिशत व्याज छुट गर्ने निर्णय समेत गरेको जनाइएको छ ।

साथै संघले व्याजको जरिवानामा शतप्रतिशत रकम छुट प्रदान गर्ने तथा उक्त सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुका साथै चालू पुँजी कर्जा तथा बैंकबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरुमा लागू हुने बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS