IME Life New

कोभिड १९ ले जीवन बीमा क्षेत्रमा पारेको प्रभावहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

हिरामणी भट्टराई

कोभिड १९ अर्थात कोराना भाइरसको प्रभावले विश्वका २१० मुलुक आक्रान्त भई रहेको अवस्थामा नेपालमा पनि यसको प्रत्यक्ष प्रभाव नपर्ने कुरै भएन । दिन प्रतिदिन नयां संक्रमित थपिने क्रम जारी रहेको छ भने मुलुक अहिले लकडाउनको चौथौ हप्तामा रहेको छ । यस बिषम परिस्थितिमा सम्पूर्ण क्षेत्रलाई प्रत्यक्ष मार परेको छ भने देशमा आर्थिक संकट तथा बित्तिय संकट पर्ने सम्भावना रहेको छ । विश्वव्यापीरुपमा नै कोरोना कहरको लकडाउन अनि बस्तु तथा सेवाको प्रवाहको कमीले गर्दा आर्थिक रुपमा धेरै चुनौतिहरुको सामना गरिरहेको छ, अमेरिकामा मात्रै दुइ करोड बीस लाख भन्दा बढिले बेरोजगारी भत्ता आवेदन दिएका छन् भनें चीनले विगतको ४४ वर्षयताको सर्वाधिक कम आर्थिक दरको रेकर्ड राखेको छ । विश्वका शक्ति राष्ट्रहरुले नै घुडा टेकेको यस परिस्थितिमा नेपाली अर्थतन्त्रको चुनौतिहरु झनै बढ्दै गएको छ ।

उद्योग कल कारखाना अत्यावश्यक सेवा बाहेकका ब्यवसाय बन्द रहेको अवस्थामा बित्तिय क्षेत्र अन्तर्गत पर्ने मुलुकको जी.डि.पी. मा करीब तीन प्रतिशत योगदान रहेको वीमा ब्यवसाय पनी यसको प्रत्यक्ष मारमा परेको छ ।

Esewa
Crest

निर्जीवन वीमा केही हदसम्म डिजिटल प्रणाली अन्गर्तत संचालित भै राखेको अवस्था छ साथै निर्जिवन वीमाका सरकारद्धारा लागु गरिएका अनिवार्य वीमा, हालै वीमा समितीबाट जारी गरिएको कोभिड वीमा तथा पुराना बीमाका नविकरण वीमाबाट नै धेरै हदसम्म प्रिमियम संकलन गर्ने भएको हुँदा करीब यस आर्थिक बर्षको करीव ५० देखी ६० प्रतिशत व्यवसाय भै सकेको अवस्था छ भने जीवन वीमा ब्यवसायलाई हालको लकडाउनको अवस्थाले अल्पकालिन त प्रभाव पारेको छ नै भविष्यमा पनि यसको दिर्घकालीन प्रभाव पर्ने पक्का छ ।

सामाजिक दुरी कायम गरेर होइन सामाजिक दुरी कम गरेर गरिने जीवन वीमाका लागि आगामि दिन अझ चुनौतिपर्ण छ । बिभिन्न अध्यन अनुसन्धानले यस कोभिड माहामारीका लागि सन् २०२२ सम्म नै मानिसले सामाजिक दुरी कायम राख्नुपर्ने सुझाएका छन् । आफै स्वतः स्फुर्त मानिसले जीवन वीमा खरिद नगर्ने भएकोले अभिकर्ताले मानिसको नजिक गई जीवन वीमाको महत्व र फाइदाको बारेमा जानकारी गराएर मात्र जीवन वीमाको खरीद बिक्री हुने गरेको हाम्रो जस्तो मुलुकमा आगामी केही बर्षका लागि अझ झन चुनौति थपिएको छ ।

नेपालको सन्दर्भमा जीवन वीमा क्षेत्रले कुल जनसंख्याको करीब २० प्रतिशत जनतालाई आफ्नो पहुँचमा ल्याउन सकेको अवस्थामा भर्खरै वामे सर्ने अवस्थाको जीवन वीमा क्षेत्रलाई यसले प्रत्यक्ष प्रभाव पारेको छ । नेपाल जस्तो मुलुकको परिप्रेक्षमा मानिसको प्राथमिकतामा कम पर्ने जीवन वीमा अभिकर्ताको पहलका कारण हुने गरेको छ । हाल नेपालमा पुराना नौ वटा तथा पछिल्लो दूइ वर्षमा थप गरिएका दश गरि जम्मा उन्नाइस जीवन वीमा संचालित छन भने यी सबै जीवन वीमा कम्पनीले यही बजारमा निर्भर हुनुपर्ने अवस्था छ । यस जीवन वीमा ब्यवसायमा लागेका लाखौको संख्यामा रहेका अभिकर्ताले यसै ब्यवसायबाट जीवन निर्वाह गरेको अवस्था समेत छ अहिलेको बन्दा बन्दीको अवस्थाले यसमा लागेका कर्मचारी तथा अभिकर्तामा यसको प्रत्यक्ष प्रभाव पर्ने छ । तलवी कर्मचारी को रुपमा नभइ आफुले गरेको वीमा ब्यवसायको आधारमा सेवा सुविधा प्राप्त गर्ने लाखौ अभिकर्ताको जीवन यापनमा नै समस्या पर्ने देखिएको छ ।

त्यसैगरि जीवन वीमा कम्पनीका लागि आर्थिक बर्षको अन्तिम त्रैमाष मानो रोपेर मुरी फलाउने झै यसै त्रैमाषमा कम्पनीले आफ्नो बार्षिक लक्ष्यको करीब ६० देखी ७० प्रतिशत ब्यवसाय पुरा गर्ने गरेको छ भने अभिकर्ताहरुले पनि कम्पनीले प्रदान गरेको बिभिन्न बार्षिक लक्ष्यहरु पुरा गरेर कम्पनीले प्रदान गर्ने बार्षिक एक मुष्ठ सेवा सुविधा प्राप्त गर्ने गरेका थिए । यद्यपी अब हामी यो अर्थिक बर्षको अन्तिम त्रैमासमा प्रवेश गरि सकेका छौ भने त्रैमासको पहिलो महिना अर्थात बैसाख १५ गते सम्म मुलुक लकडाउनमा छ । परिस्थिति अझ बिषम भए लकडाउन थपिने सम्भावना छ अर्थात कहिले लकडाउन खुल्ने भन्ने कुरा नै अन्यौल छ । नेपाल जस्तो बिकासोन्मुख मुलुकमा बचतको सर्वोत्कृष्ठ स्वरुपमा बीमालाई मानिन्छ भनें पछिल्लो दशकमा बढ्दो बैदेशिक आप्रवासनको परिप्रेक्षमा पनि जिवन बीमाले बैदेशिक कामदार र तिनका परिवारका लागि राम्रो सामाजिक सुरक्षा र आर्थिक आडको काम गरेको देखिन्छ । यदी लकडाउन समाप्त नै भयो भने पनि समुदायलाई पुरानो जन जीवनमा फर्कन समय लाग्छ जीवन वीमा गर्न मानिस मनोबैज्ञानिक साथै आर्थिक हिसाबमा तयार न हुने देखिन्छ । तसर्थ जीवन बीमा ब्यवसायलाई यो माहामारीले दीर्घकालिन रुपमा नै प्रभाव पार्ने देखिन्छ । फेरी यो जीवन बीमा व्यवसाय कहिलेबाट ताते ताते गर्ने हो, अन्योल छ ।

(लेखक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बिराटनगरका शाखा प्रवन्धक हुन् । प्रस्तुत विचार लेखकको निजि हो ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS