IME Life New

नेपाल राष्ट्र बैंकले ५ अर्ब २० करोडको सरकारी ऋणपत्र निष्कासन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार ५ अर्ब २० करोडको सरकारी ऋणपत्र निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन र १८२ दिनका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।

कोरोना भाइरसको असरका कारण आर्थिक गतिविधि ठप्प भएपछि सरकारले संकटसँग लड्न तथा अर्थतन्त्रलाई चलायमान बनाइराख्न आन्तरिक ऋण उठाउन जोड दिएको छ। साथै राहतको कार्यक्रम समेत ल्याउनु परेको अवस्थामा सरकारलाई पूँजी आवश्यक भएपछि छोटो अवधिको ऋणपत्र जारी गर्ने भएको राष्ट्र बैंकले जनाइएको छ ।

Esewa
Crest

केन्द्रीय बैंकले ९१ दिने र १८२ दिने गरी २ प्रकृतिका ऋणपत्रको नविकरण गर्न लागेको हो । पहिलो सरकारी ऋणपत्र ९१ दिनमा परिपक्क हुन्छ भने दोस्रो १८२ दिनमा परिपक्क हुने केन्द्रीय बैंकले जनाएको छ ।

२० करोड रुपैयाँ बरावरको ९१ दिनको र ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल्स नविकरण गर्ने भएको हो । वैशाख ९ गते जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार अपराह्न ३ बजे बोलकबोल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS