काठमाडौं । साताको अन्तिम दिन भारतीय शेयर बजारमा ठूलो उछाल देखियो । बिएससी सेंसेक्स सूचक ९८६ दशमलव ११ अंकले वृद्धि भएर ३१५८८ दशमलव ७२ अंकमा बन्द भएको छ भने यसैगरी निफ्टी सूचक २७३ दशमवल ९५ अंकले वृद्धि भएर ९२६६ दशमलव ७५ अंकमा पुगेको छ ।
सेंसेक्स सूचक ३ दशमलव २२ प्रतिशतले वृद्धि भएको छ भने निफ्टी सूचक ३ दशमलव ०५ प्रतिशतले वृद्धि भएको छ।
रिजर्व बैंकको राहत प्याकेजले बैङ्किङ्ग र वित्तीय कम्पनीका शेयरहरुमा राम्रो खरीद देखिएको थियो । अन्तरास्ट्रिय बजारमा आएको वृद्धिले पनि भारतीय शेयर बजारमा सकारात्मक प्रभाव पारेको छ।