IME Life New

यसरी शेयर बजार खोल्दा कस्तो होला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

 

Esewa
Crest

नेप्सेको कारोवार प्रणाली पूर्ण रुपमा स्वचालित नहुँदा लकडाउनमा शेयर कारोवार हुन सम्भव नभएकोले दोश्रो बजार बन्द छ । भारतमा आक्रामक रुपमा फैलिएको कोरोना भाइरसको कारणले गर्दा अझै लकडाउनको समय बढ्ने सक्ने कुराको चर्चा चल्दै आएको छ। अहिलेको प्रणालीमानै अघि बढ्ने हो भने लकडाउन अवधिभर शेयर कारोवारपनि बन्द हुने छ ।

अब प्रश्न आउँछ कति दिन शेयर बजार बन्द गरेर बस्ने ? लगानीकर्ताको सम्पत्ति निकै लामो समय बन्धक राख्नु पनि ठीक होइन । त्यसैले अहिलेको कारोवार प्रणालीमा परिमार्जन गरेर शेयर कारोवार खुलाउन तर्फ सम्बन्धीत निकायले ध्यान दिनु पर्ने देखिन्छ । कतिपय लगानीकर्ताहरुसँग दैनिक खर्च, व्याज तिर्नुपर्ने खर्च व्यवस्थापनको लागि पनि वैशाख ३ गते पछि बजार खोल्नुको विकल्प छैन । एक्कासी बजार बन्द हुँदा शेयर लगानीकर्ताहरुले आफ्नो खर्चको जोहो गर्न नसकेको अवस्था पनि छ । हाल बैंकहरु पनि सिमित समय कारोबार गरेका छन् । त्यसैले अहिलेको वर्तमान कारोवार प्रणालीलाई केही परिमार्जन गरेर शेयर बजार खोल्दा उपयुक्त हुन सक्छ।

यसो गरे कसो होला ?
कारोवार समयलाई केही घटाएर शेयर बजार खुलाउँदा उपयुक्त हुन सक्छ । जस्तै केही समयलाई कारोवार समय घटाएर २ घण्टासम्म सिमित गर्ने ।

त्यस्तै कम्पनीमा लाग्ने १० प्रतिशतको सर्किटको नियम र नेप्से परिसूचकमा लाग्ने ४,५ र  ६ प्रतिशत सर्किटको व्यवस्थालाई केही कम गरेर बजार खोल्दा उपयुक्त हुन सक्छ।

त्यस्तै प्रति व्यक्ति कारोवार रकमलाई पनि अधिकतम सीमा तोकेर कारोवार गराउने व्यवस्था गर्दा उपयुक्त हुन सक्छ ।

यी माथिका कुराहरुलाई मध्यनजर गर्दै शेयर बजार खोलेमा बजारमा ठूलो उतारचढाव पनि नहुने र लगानीकर्ताले शेयर कारोवार पनि गर्न पाउँने ।

हाल लकडाउनमा पनि बैंकका केही शाखाबाट पैसा लेनदेन भएको छ भने ब्रोकरबाट लेनदेन झनै सम्भव छ । ब्रोकरलाई तिर्नु पर्ने पैसा डिजिटल प्राविधमार्फत भुक्तानी गर्दा पनि भयो अथवा बैंकमा गएर ब्रोकरको खातामा जम्मा गरिदिएपनि भयो । त्यस्तै ब्रोकरले पनि सिधै ग्राहकको बैंक खातामा पैसा जम्मा गरिदिएपनि भयो।

सिमित समय कारोबार गर्दा ब्रोक्रर कार्यलयमा डिस्प्ले बन्द गर्न सकिन्छ भने कारोवारका लागि लगानीकर्ताले की आफै अन्लाईनबाट कारोवार गर्ने र अन्लाईन प्रयोग नगर्ने लगानीकर्ताले आधिकारिक ईमेलबाट ब्रोकरलाई मेल गरेर वा आधिकारिक मोबाईलबाट अडर टिपाउँने व्यवस्था गर्न सकिन्छ ।

त्यस्तै, धेरैले मेरो शेयर सुविधा लिएका छन् र बिक्री पश्चात शेयर ट्रान्सफर गर्न समस्या नहोला । बाँकी केही थोरै संख्याका ईडिआईएस ब्रोकर मार्फत सम्बन्धित कार्यलयको इमेलमा पठाउने व्यवस्था गर्न सकिन्छ ।

अहिलेको अवस्थामा सम्बन्धीत निकायले शेयर कारोवार सम्बन्धी अहिले चलिरहेको प्रणालीलाई थोरै परिमार्जन गर्दै लक्डाउनमा पनि शेयर कारोवार खुलाउने व्यवस्था मिलाउनु पर्छ।

यसर्थ शत प्रतिशत लगानीकर्तालाई अहिले सिमित समय कारोबार गर्न कठिन होला तर बहुसंख्यक लगानीकर्तालाई सजिलो हुने बाटो खोज्न सकिन्छ । अहिले केही लगानीकर्ताहरु प्रविधिको प्रयोगमा अभ्यस्त हुन खोज्दैनन् र अहिले यो समय ती लगानीकर्ताहरुलाई प्रविधिको प्रयोग गराउँन प्रोत्साहन पनि हुन सक्छ ।

( लेखक बुटवलका सक्रिय शेयर लगानीकर्ता हुन, उनका विचार निजी हुन् ) 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS