IME Life New

मुक्तिनाथ विकास बैंकद्धारा राहत सामाग्री वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकारले लागु गरेको देशब्यापी बन्दाबन्दीको कारणबाट प्रभावित विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जनकपुरधाममा एक कार्यक्रमका बीच राहत सामाग्री वितरण गरेको छ ।

सो अन्तर्गत विपन्न परिवारका १ सय ५० जनालाई चामल, दाल, आलु, प्याज, तेल, सोयाबडी, साबुन लगायतका सामाग्री वितरण गरिएको छ । जनकपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शिव शंकर साह, वर्तमान अध्यक्ष ललित साह, वरिष्ठ उपाध्यक्ष जितेन्द्र प्रसाद साह, उपाध्यक्ष सुरेन्द्र कुमार भण्डारीको रोहबरमा सो कार्यक्रम गरिएको बैंकका क्षेत्रीय प्रमुख प्रभाष झाले जानकारी दिए ।

Esewa
Crest

यस विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS