IME Life New

अधिकांश बीमा कम्पनीहरुको भर्चुअल मिटिङ जुममा, सामूहिक भिडियो कन्फ्रेन्सका लागि लोकप्रिय बन्दै जुम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत डिसेम्वरको अन्तिममा चीनबाट सुरु भएको कोरोना भाइरसका कारण अहिले सिंगो विश्व स्तब्ध छ । सात अर्बभन्दा बढि जनसंख्या रहेको पृथ्वीका अधिकांश मानिस घरभित्रै बस्न बाँध्य छन् । करोडौं उद्योग, कलकारखानाहरु बन्द छ ।

विश्वका करोडौं मानिसहरुले घरबाटै कार्यालय सञ्चालन गर्दै आएको छ । घरैमा बसेर कार्यालय सञ्चालन गर्ने कार्यका लागि जुम एप्स निकै लोकप्रिय हुँदै गएको छ । गत फ्रेबुअरीसम्म अमेरिकामा मात्रै चलेको सो एप्स अहिले नेपाल, भारत, जापानमा तीव्र गतिमा दैनिक कार्यालय सञ्चालन गर्न प्रयोगमा आइरहेको छ । जुममा खाता खोलेपछि मिटिङ आह्वान गर्न र मिटिङमा सहभागी हुन सक्ने व्यवस्था छ ।

Esewa
Crest

विश्वका जुनसुकै स्थानमा इन्टरनेटको माध्यमबाट एक भन्दा बढि मानिसहरु सामूहिक रुपमा भिडियो संवाद गर्न सकिने हुँदा जुम सफ्टवयेर अहिलेको महासंकटमा घरैमा बसेर कार्यालय सञ्चालन गर्न उपयोगी बनेको छ । बैठकहरुका लागि मात्रै नभएर अनलाईन कक्षाहरु सञ्चालन गर्न तालिम दिन, योगा सिकाउन समेत यो सफ्टवयेर निकै सजिलो छ ।

गत चैत्र ११ गतेदेखि सरकारले सिंगो देशलाई लकडाउन गरेपछि बैंक, वित्तीय संस्था, बीमा कम्पनी लगायतका अन्य धेरै कार्यालयहरुको भौतिक कार्यालय बन्द छ तर डिजिटल कार्यालय भने सञ्चालनमै छन् । अधिकांश वित्तीय संस्था, बीमा कम्पनीहरुले जुम एप्सबाटै दैनिक भर्चुअल मिटिङ गर्ने गरेका छन् ।

नेपाल लाईफ इन्स्योरेन्सका सिईओ बिजय बहादुर शाह कम्पनीको भर्चुअल मिटिङहरु जुम एप्समार्फत सञ्चालन हुँदै आएको बताउँछन् । आवश्यकता अनुसार मिटिङ हुने नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका अधिकांश कर्मचारीले जुम डाउनलोड गरेका छन् । ‘सामूहिक मिटिङ प्रत्यक्ष भिडियो संवादमा गर्न पाउँदा घरैबाट काम गर्दा पनि कार्यालयमै मिटिङ बसेको अनुभूति भएको छ ।’ सिईओ शाह सुनाउँछन् ।

प्रभु इन्स्योरेन्सका सिईओ संचित बज्राचार्य भन्दछन्, ‘सुरुमा त हामी र अरु कम्पनीहरु पनि अलमल पर्यौं, अब कार्यालय कसरी चलाउने ? देशैभरि निर्देशन कसरी दिने ? भन्ने समस्या आयो, समस्यासँगै अवसर पनि लिएर आयो, प्रविधिले साथ दियो, विभिन्न एप्पहरु छन्, हामीले दैनिक भर्चुअल मिटिङ गर्दै निर्धक्क काम गर्दछौं ।’ प्रभु इन्स्योरेन्सले पनि जुममा दैनिक दुई पटक मिटिङ गर्दै आएको छ ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सका सिईओ रमेश कुमार भट्टराईले जुमका चार वटा ग्रुप बनाएर दैनिक प्रशासन निर्वाध रुपमा चलाइरहेको बताउँछन् । सिईओ भट्टराई जुम एप्सका कारण सामूहिक छलफल गर्न, निष्कर्ष निकाल्न र बैठक गर्न गर्न निकै उपयोगी भएको बताउँछन् ।

नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री पनि जुम भर्चुअल मिटिङका लागि निकै सजिलो भएको बताउँछन् । अहिलेको महाविपदको बेला नेपाली बीमा कम्पनीहरुले जुमबाट लाभ लिइरहेको क्षेत्री बताउँछन् ।

जुम सिईओहरुको लागि मात्रै नभएर विभागीय प्रमुखहरुका लागि समेत उपयोगी एप्स रहेको प्रयोगकर्ताहरुको भनाई छ ।

चर्चित कार्यक्रम ‘टफ टक’ सञ्चालक दिलभुषण पाठकले समेत जुम एप्सबाटै कार्यक्रम सञ्चालन गर्दै आएका छन् । उनले घरैमा बसेर प्रत्यक्ष भिडियो वार्तालाप प्रस्तुत गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS