काठमाडौं । नेपाल बंगलादेश बैंक र बैंकका कर्मचारीले कोरोना संक्रमण रोकथामका लागि सरकारलाई १ करोड ४५ लाख रुपैंया सहयोग गर्ने भएका छन् ।
बैंकका कर्मचारीहरुको केही दिनको तलब समेत गरी कोषमा १ करोड ४५ लाख रुपैंया सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गरिने भएको बैंकले जनाएको छ ।
सात प्रदेशका सरकारलाई ५ लाख रुपैंयाको दरले ३५ लाख रुपैंया र बाँकी १ करोड १० लाख संघीय सरकारले पाउने गरी रकम उपलब्ध गराउन लागिएको बैंकले बताएको छ ।