काठमाडौं । कर्मचारी सञ्चयकोषको अध्यक्षमा रामशरण पुडासैनी नियुक्त भएका छन्।अर्थमन्त्री डा. युवराज खतिवडाबाट राजस्व सचिव पुडासैनीले सञ्चय कोषको अध्यक्षको शपथ लिएका हुन् ।
मन्त्रिपरिषद् बैठकले पुडासैनीलाई कोषको अध्यक्षको रुपमा नियुक्त गरेको थियो । यसअघि कोषको अध्यक्षको शिशिरकुमार ढुंगाना थिए ।