IME Life New

बैंक तथा वित्तीय संस्थालाई एटिएममा पर्याप्त पैसा राख्न राष्ट्र बैंकको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमडौ. । बैंक तथा वित्तीय संस्थालाई एटिएममा पर्याप्त पैसा राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले लकडाउनको समयमा एटिएममा पर्याप्त पैसा राख्न र नियमित निगरानी गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । अप्ठ्यारो परिस्थितिमा सकेसम्म ग्राहकलाई आधारभूत सेवा प्रदान गर्न पनि बैंक तथा वित्तीय संस्थालाई भनिएको छ ।

लकडाउनको अवधिमा सर्वसाधारणलाई नगद आवश्यक पर्ने र त्यसका लागि न्यूनतम बैंकिङ सेवा प्रदान गर्नु वाञ्छनीय भएको भन्दै राष्ट्र बैंकले निर्देशन जारी गरेको हो।

Esewa
Crest

बैंक तथा वित्तीय संस्थाले विद्युतीय माध्यमबाट हुने कारोबारको सुनिश्चितता प्रदान गरी आफ्ना ग्राहकलाई सकेसम्म विद्युतीय माध्यमबाट कारोबार गर्न सूचित गर्न पनि भनिएको छ। हरेक स्थानीय तहमा सम्भव भएसम्म कम्तीमा एउटा शाखा सञ्चालन गर्न पनि राष्ट्र बैंकको निर्देशन छ।

लकडाउन अवधिमा खुला रहने शाखाको विवरण तथा सम्पर्क व्यक्तिको फोन नम्बर आफ्नो वेबसाइटमा अद्यावधिक गर्न र बन्द रहने शाखाको मूलढोकामा सर्वसाधारणले देख्ने गरी बन्द शाखाको विवरण सूचना टाँस्न पनि राष्ट्र बैंकले भनेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS