Connect IPS
IME Life

बैंक, बीमा, धितोपत्र र सहकारीका कार्यालय खोल्न अर्थ मन्त्रालयको निर्देशन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अर्थ मन्त्रालयले मुख्य आर्थिक गतिविधि हुने क्षेत्रहरु बैंक, बीमा कम्पनी, धितोपत्र, सहकारी संस्था र कम्पनी रजिष्ट्रारको न्यूनतम र सम्भव भएका कार्यालय सुचारु राख्न निर्देशन दिएको छ ।

बुधबार अर्थमन्त्रालयले जारी गरेको निर्देशनसँगै बन्द रहेका बैंक, बीमा कम्पनीका केही शाखा कार्यालयहरु भने खुल्नेछन् । बीमा कम्पनीहरुले कार्यालय बन्द रहेपनि डिजिटल कार्यालयमार्फत बीमा सेवा प्रवाह गर्दै आएका छन् । नयाँ निर्देशनसँगै बैंकका शाखा कार्यालयहरु भने थप खुल्ला हुने भएका छन् ।

Prabhu
Crest

त्यस्तै कम्पनी रजिष्ट्रारको कार्यालय समेत भोलिबाट खुल्ने भएको छ । उता, धितोपत्र बोर्डको कार्यालय खुलेपनि शेयर कारोबार भने खुल्नेछैन । नेप्सेले चैत्र १७ गतेसम्मका लागि सूचना जारी गरेरै स्थगित गरेकाले चैत्र १८ गते मात्रै पुँजि बजार खुल्ला हुनेछ । त्यस्तै, सहकारीमा स–सानो बचत जम्मा गरेकाहरुले रकम झिक्न पाउन भन्ने उद्देश्यले सरकारले सहकारीका कार्यालय समेत खोल्न निर्देशन दिएको छ ।

आज बसेको उच्च स्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो । सो बैठकमा बैंक तथा बीमा कम्पनीहरु खुल्ला गर्ने कि नगर्ने भन्ने विषयमा लामो छलफल भएको जनाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS