IME Life

कोरोनाविरुद्ध थप कडाई हुँदै, आजै साँझ प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालमा हालसम्म फेला नपरेपनि विश्वव्यापी महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरसको कारण देशका धेरै क्षेत्रमा असर परिसकेको छ । विद्यालय कलेज समेत बन्द गरिसकेको नेपाल सरकारले जनतालाई थप सचेत हुन आह्वान गर्ने भएको छ ।

Prabhu
Crest

आज कोरोनाको प्रभाव र सन्त्रास सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट जनताको नाममा सन्देश दिने भएका छन् । प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको लडाइमा जनतालाई सहभागी हुन आह्वान गर्दै राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले आजै साँझ रेडियो नेपाल र नेपाल टेलिभिजनमार्फत जनतालाई सम्बोधन गर्नेछन् । प्रम ओलीको सम्बोधन लगत्तै देशमा थप कडाई हुनसक्ने जनाइएको छ । सम्भवतः केही दिन लकडाउन वा त्यस्तै खालको कुनै महत्वपूर्ण निर्णय आउन सक्ने जनाइएको छ ।

प्रधानमन्त्रीको सम्बोधन मार्फत सरकारले थप कडाई गर्न लागेको अनुमान गरिएको छ । कोरोना नियन्त्रणको लागि कतिपय अवस्थामा सरकार कठोर बन्नुपर्ने हुनसक्ने सरकारी स्रोतको भनाई छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS