IME Life

लगानीकर्तालाई ब्रोकर कम्पनीबाट एक लाख रुपैयाँसम्मको ऋण दिनेबारे सेबोनमा छलफल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बिहिवार पुँजि बजारका लगानीकर्ता, नेप्से तथा सेबोनका बीचमा कोरोनाबाट पुँजि बजारलाई कसरी जोगाउने भन्ने सम्बन्धमा गहन छलफल भयो । विभिन्न कोणबाट भएको छलफलमा चैत्र महिनाभित्र स्टक एक्सचेन्जमा कारोबार स्थगन गर्ने सहमति भएको चर्चा बाहिर आएको छ ।

बिहिवार भएको छलफल अनुसार कारोबार स्थगन गर्दा शेयर कारोबार मात्रै गरेर जीवन गुजारा गर्ने लगानीकर्ता कसरी बाँच्ने ? भन्ने प्रश्न उठेको छ । सो प्रश्न उठे लगत्तै पुनः नयाँ उपाय निकालियो, ब्रोकर कम्पनीले समस्यामा परेका लगानीकर्तालाई उनीहरुकै शेयर धितोमा एक लाख रुपैयाँदेखि डेढ लाख रुपैयाँसम्म ऋण दिने । बिहिवारको बैठकमा सहभागी एक सदस्यका अनुसार उक्त विषयमा सहमति भने भइसकेको छैन । तर, लगानीकर्ताको गर्जो टार्ने हदसम्म जाँदा त्यहाँसम्म गर्नुपर्ने सुझाव अघि सारिएको हो ।

Prabhu
Crest

बिहिवारको छलफलमा भएको सहमति अनुसार कम्तीमा एक साताको लागि स्टक एक्सचेन्जमा कारोबार स्थगन गरिनेछ । त्यसपछिको अधिकार भने बोर्डसँग नरहेको हुँदा लगानीकर्ताहरुले उपल्लो निकायमा पहल गरेमा चैत्र महिनाभरि नै कारोबार स्थगन गर्न धितोपत्र बोर्ड सकारात्मक रहेको जनाइएको छ । बोर्डले भने सो सम्बन्धमा कुनै औपचारिक निर्णय गरेको छैन । यस्तो सहमति भएको कुरा बाहिर आउने वित्तिकै कारोबार बन्द हुने समयमा नेप्सेमा पुनः मूल्यबृद्धि भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS