Connect IPS
IME Life

नेपाल लाइफ इन्स्योरेन्सको प्रबक्तामा सन्तोष प्रसाई नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रबक्तामा कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई नियुक्त भएका छन् ।

Prabhu
Crest

कम्पनीको आज बसेको संचालक समितिको बैठकले उप–प्रमुख कार्यकारी अधिकृत प्रसाईँलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । बीमा क्षेत्रमा लामो समय काम गरेका प्रसाईलाई प्रबक्ता तोकेसँगै कम्पनीको ब्राण्डिङ र बजारिकरण थप प्रभावकारी जनाएको छ ।

जीवन बीमा कम्पनीहरूमध्ये करिब एक तिहाई बजारहिस्सा ओगटेको यस कम्पनीको चुक्ता पूँजी पाँच अर्ब ५० करोड रहेको छ भने बीमा कोषमा ८६ अर्ब २६ करोड रुपैयाँ रहेको छ ।

देशैभरि एक लाख ५२ हजार ४ सय १२ प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका दुई सय शाखा तथा उप शाखा कार्यालयहरु मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS