काठमाडौं । सहारा विकास बैंकले ९ लाख २१ हजार १४८ कित्ता शेयर लिलामी बिक्रि गर्ने भएको छ। बैंकले हकप्रदमा बिक्री नभएको संस्थापक तर्फको शेयर लिलामी बिक्रि गर्ने जनाएको छ । बैंकले २०७५ जेठ र असारमा हकप्रद शेयर बिक्री गरेको थियो । उक्त अवधिमा आवेदन नपरेको शेयर लिलाम बिक्री गर्न लागेको बैंकले जनाएको छ।
लिलामीको शेयर खरिदका लागि लगानीकर्ताले चैत १२ गतेदेखि १९ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न आग्रह गरेको छ । बैंकको शेयर बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ । लिलामी शेयरको न्यूनतम मूल्य १ सय रुपैयाँ निधारण गरिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरि बोलकबोलगर्नुपर्नेछ। न्यूनतम एक हजार कित्ताका लागि आवेदन गनुपर्ने जनाएको ।