Connect IPS
IME Life

टिपर दुर्घटनापछि पनौतिमा कफ्र्यु आदेश, तेस्रो पक्ष बीमा अद्यावधिक गर्ने बेला भएन र ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । तीन बर्षिया छोरी डोर्याउँदै सडक किनारामा हिडिरहेकी महिलालाई टिपरले कुल्चेर मारेपछि विकसित भएको तनाव नियन्त्रणमा लिन काभ्रे जिल्लाको पनौतिमा कफ्र्यु आदेश जारी गर्नुपरेको छ ।

Prabhu
Crest

देशव्यापी रुपमा दिनँहु टिपर दुर्घटनाबाट सर्वसाधारण मारिने जारी रहँदा पनौतिमा स्थानीयबासीले प्रशासनको कडा प्रतिवाद गर्दै चुनौतिपूर्ण संघर्ष चर्काएका छन् । हिजो भएको विरोधमा प्रहरी र स्थानीयबासी घाइते भएपछि प्रशासनले आज जनधनको क्षति हुन नदिन कफ्र्यु आदेश जारी गर्नु परेको हो ।

हिजो साँझदेखि नै तनावमा रहेको पनौतिमा मंगलबार विहान ९ बजेदेखि अनिश्चितकालका लागि कफ्र्यु आदेश जारी गरिएको छ । आक्रोसित स्थानीयबासीले विहानैदेखि तोडफोड र आगजानी गरेपछि प्रशासनले स्थितिलाई नियन्त्रणमा लिन कफ्र्यु आदेश जारी गर्नु परेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सनाले मंगलबार बिहान ९ बजेदेखि लागू हुने गरी पनौती नगरपालिकाका चारकिल्ला तोकेर कर्फ्यु आदेश जारी गरिएको बताए । पनौती बसपार्कमा सोमबार साँझ बा५ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा खानीखोला गाउँपालिका वडा नं– १ की ३३ वर्षीया जुनीमाया गोले र उनकी ३ वर्षीया छोरी स्मारिकाको मृत्यु भएको थियो ।

उता, संसदमा बीमा ऐनमाथि दफावार छलफल जारी छ । यातायात व्यवस्था विभागले दुर्घटना बीमाको रकम दोब्बर बृद्धि गर्न प्रयास गरेको भएपनि सरोकारवालाहरु यातायात व्यवसायीहरुले तेस्रो पक्ष तथा दुर्घटना बीमाको रकम दोब्बर गर्न मानेका छैनन् । २०६४ पछि सवारी दुर्घटनामा मानिसको मृत्यु हुँदा बीमा र क्षतिपूर्ति माग गर्दै सडकमा आन्दोलन चर्काउने क्रम तीव्र बनेपछि सरकारले तेस्रो पक्ष बीमा अनिवार्य गर्दै दुर्घटनामा मृत्यु भएकालाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिने व्यवस्था लागू गरेकोे थियो ।

तेस्रो पक्ष बीमा सम्बन्धी १२ वर्ष पहिलेको अवस्थामा र अहिलेको अवस्थामा निकै ठूलो अन्तर आइसकेको छ । समय सापेक्ष तेस्रो पक्ष बीमा अद्यावधिक गर्ने समय आएको संकेत आजको पनौतिमा टिपर दुर्घटनापछि विकास भएको अप्रिय स्थितिले संकेत गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS