काठमाडौं । सिटिजन्स बैंकको वार्षिक १०. दशमलव २५ प्रतिशत ब्याजदरको २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन हो । आज कार्यालय अवधिसम्ममा यसमा आवेदन दिन सकिनेछ ।
बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र गत फागुन २० गतेदेखि निष्कासन खुला गरेको थियो । निष्कासन गरिएको कुल ऋणपत्रमध्ये एक अर्ब ५० करोड रुपैयाँबराबरको १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।
सर्वसाधारणका लागि निष्कासन गरिएको कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। जसमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि दरखास्त दिन सक्नेछन् भने अधिकतम ९ लाख ७० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।