काठमाडौं । गुडविल फाइनान्सको २५ करोड रुपैयाँ बराबरको २ लाख ५० हजार इकाई ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन हो । फाइनान्सले फागुन २८ गतेबाट २५ करोड रुपैयाँ बराबरको २ लाख ५० हजार इकाई ऋणपत्र बिक्री खुला गरेको थियो।
फाइनान्सले बाँकी रहेको १ लाख ५० हजार इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । यस ऋणपत्रमा वार्षिक १२ पतिशत ब्याज पाइनेछ ।
कम्पनीले ७ वर्ष अवधिको ‘१२ गुडविल फाइनान्स लिमिटेड डिबेन्चर २०८३’ नाममा ऋणपत्र बिक्री खुला गरेको हो । फाइनान्सको बिक्री एनआइबीएल एस क्यापिटल लिमिटेडले रहेको छ ।फाइनान्सले तोकेको अवधिमा सबै ऋणपत्र बिक्री नभएको खण्डमा चैत्र १२ गतेसम्म आवेदन दिन पाइनेछ ।
जसको लागि लगानीकर्ताले प्रतिइकाई १ हजार रुपैयाँका दरले आवेदन दिनुपर्नेछ । न्यूनतम २५ कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म भर्न पाइनेछ ।